बिहीबार, असार १९,२०८२ 10:17:29
  • बिहीबार, असार १९,२०८२ 10:17:29
Global IME Bank Limited

सोल्टी होटलले आर्जन गर्‍यो ४१.२३ करोड नाफा,आम्दानी १.३८ अर्ब

Hyundai Nepal
सोल्टी होटलले आर्जन गर्‍यो ४१.२३ करोड नाफा,आम्दानी १.३८ अर्ब
Nabil Bank Limited

काठमाण्डौ । सोल्टी होटल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ११.०८ प्रतिशतले धेरै हो । 

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ६८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ११.३८ प्रतिशतले बढी हो । 

अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ अर्ब ४ करोड ८९ लाख रुपैयाँ रहेको कम्पनीको कुल खर्च बढेर १ अर्ब १६ करोड ८३ लाख रुपैयाँ पुगेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको कर्जा घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५ करोड ३ लाख रुपैयाँ कर्जा घटेर १३ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको रिटेन्ड अर्निङको आकार पनि १ अर्ब ३ करोडबाट बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको चुक्तापूँजी ९२ करोड ८९ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.४४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४.५८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३२.४८ रुपैयाँ,पिई अनुपात ९८.९१ गुणा र तरलता अनुपात १.२२ प्रतिशत कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.