बिहीबार, असार १९,२०८२ 11:02:49
  • बिहीबार, असार १९,२०८२ 11:02:49
Global IME Bank Limited

शिखर इन्स्योरेन्सको नाफा २६.२३% ले वृद्धि, ईपीएस पनि बढ्यो

Hyundai Nepal
शिखर इन्स्योरेन्सको नाफा २६.२३% ले वृद्धि, ईपीएस पनि बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा २६.२३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु  आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३० करोड ९१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा १६.०६ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा ९३ करोड १९ रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीको अन्य  आम्दानी १ करोड ६० लाख र लगानी तथा कर्जा आम्दानी २५ करोड ८४ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

कम्पनीको कुल आम्दानी १ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको ५७ करोड २ लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ । जुन अघिल्लो आवको तु्लनामा २१.६९ प्रतिशतले कम हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब २३ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ । कम्पनीको महाविपत्ती कोषको आकार १३ करोड ५१ लाख र रिटेन्ड अर्निङ २६ करोड ११ लाख रुपैयाँबराबर रहेको छ ।  

कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) बढेको छ । कम्पनीको ईपीएस १५.५३ रुपैयाँबाट बढेर १९.६० रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १९९.४९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४६३.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३५.२४ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.