बुधबार, असार १८,२०८२ 06:57:54
  • बुधबार, असार १८,२०८२ 06:57:54
Global IME Bank Limited

अरुण भ्यालिको सेयर मनी फ्लो इन्डेक्समा बुलिस डाईभर्जेन्स, अबको यात्रा कता ?

Hyundai Nepal
अरुण भ्यालिको सेयर मनी फ्लो इन्डेक्समा बुलिस डाईभर्जेन्स, अबको यात्रा कता ?
Nabil Bank Limited

काठमाण्डौ । अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी नेप्सेमा सूचिकृत ९१ वटा जलविद्युत कम्पनीहरुमध्ये एक हो । अरुण भ्याली हाइड्रो १९९८ स्थापना भएको कम्पनी हो । कम्पनीले हाल काबेली १ अन्तर्गत २५ मेगावाट र काबेली बी १ अन्तर्गत करिव १० मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ६ करोड ५२ लाख रुपैयाँ रहेको छ । यो सँगै कम्पनीको कूल पूँजी १ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । यस त्रैमाससम्म कम्पनीको खुद मूनाफा ५७ लाख ९५ हजार मात्रै रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ०.४१ रुपैयाँ रहेको छ भने बुक भ्यालु १०३.४१ रुपैयाँ , रिर्टन अन इक्विटी ०.४ प्रतिशत मात्रै रहेको छ । कम्पनीले जारी गरेको शतप्रतिशत हकप्रद नेप्सेमा सूचीकृत भईसकेको छ । कम्पनीको १० वर्षको औषत लाभांश दर १०.६ प्रतिशत रहेको छ ।  

प्राविधिक  पक्षः  

फिएर एण्ड ग्रिड मिटर  

फिएर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल न्यूट्रल सेन्टिमेन्ट ४० को तहमा चलेको छ । यो भनेको यस कम्पनीप्रति लगानीकर्ताको आकर्षण सामान्य रहेको छ भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ३१३ रुपैयाँ रहेको छ भने न्यून मूल्य १५६ रुपैयाँ सम्म आएको छ । हाल दोस्रो बजारमा यो कम्पनीको अन्तिम कारोबार मुल्य १६२.६ रुपैयाँ छ । यस कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारणमा परिणत भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल मध्य ब्याण्ड सँगसँगै चलिरहेको देखिन्छ । यसले कम्पनीको सेयर भाउ साइड वेजमा चलेको देखिन्छ । म्याक्डीमा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई ओभर बट जोन ३० बाट माथि फर्केर हाल ५० को तहमा प्रतिरोध सामना गरेको देखिन्छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा हाल साइड वेज चलको यो कम्पनीको सेयर यदि आगामी दिनमा १६७ बाट माथि लागेर अपर ब्याण्ड सँगै चल्न थालेमा माथिको यात्रा तय गर्न सक्छ ।  

पिभट विश्लेषण 

पिभट विश्लेषणमा सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –१९४

प्रतिरोध २ –१८६

प्रतिरोध १– १७६

पिभट प्वइन्टः १६८

घटेमा सपोर्ट  

सपोर्ट १– १५८

सपोर्ट २– १५०

सपोर्ट  ३ –१४०

निष्कर्षः   आधारभूत रुपमा यो कम्पनीलाई नियाल्दा पछिल्लो वर्षमा खुद मनाफा, रिर्टन अन इक्विटी र प्रतिसेयर आम्दानीमा घटेको देखिन्छ । बुक भ्यालुमा सामान्य अबस्थामा  देखिन्छ  । यो सँगै अल्पकालिन कारोबारीले बिक्री दबाव दिँदा सेयरको भाउ बढ्न नसकेको देखिन्छ । प्राविधिक रुपमा कम्पनीको सेयर भाउ हाल बोलिङ्गरको मध्य ब्याण्ड भन्दा माथि चलेको र म्याक्डीमा पनि बुलिस क्रसओभर भ्यालिड रहेको कारण यो कम्पनीको सेयर भाउले सम्हालिने प्रयास गरेको देखिन्छ । 

मनी फ्लो इन्डेक्सबाट कम्पनीको भाउलाई नियाल्दा कम्पनीको सेयर भाउ घट्दै जाँदा मनी फ्लो एकपटक ओभर सोल्ड जोन ६ सम्म आएर हाल ४५ को तहमा पुगेको देखिन्छ । यसले कम्पनीको सेयर निकै तल आए पछि पुनःकम्पनीमा खरिद बढेको बुझिन्छ । जसलाई प्राविधिक भाषामा मनी फ्लो इन्डेक्समा बुलिस डाईभर्जेन्स भनिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.