बुधबार, असार १८,२०८२ 08:16:51
  • बुधबार, असार १८,२०८२ 08:16:51
Global IME Bank Limited

नेप्से ६ महिना पहिले देखिनै बुलिस यात्रामा, यस्ता छन आधार

Hyundai Nepal
नेप्से ६ महिना पहिले देखिनै बुलिस यात्रामा, यस्ता छन आधार
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४ दिनमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २१३१.४९ को विन्दुमा बन्द भएको बजार यो साता २०६९.५३ मा बन्द भयो । यस हिसावले यो साता सेयर बजारमा ६१.९६ अंकको गिरावट आयो ।  

अघिल्लो साता  सेयर बजार ११२.७३ अंकले बढेको  थियो  । यो साता दोस्रो बजारमा १७.१२  अर्बको कारोबार भएको छ । अघिल्लो साता २२.९६  अर्बबराबरको कारोबार भएको थियो  ।  यस हिसाबले यो साता पनि दोस्रो बजारमा नेप्से सूचक र कारोबार दुबै घट्यो । यो साता बजार पूँजीकरण ३२ खर्ब ८१ अर्ब पुगेको छ । अघिल्लो साता बजार पूँजीकरण ३३.१८ खर्ब रहेको थियो । यस हिसावले यो साता बजारमा गिरावट  आँउदा बजार पूँजीकरण ३७ अर्बले घट्न पुगेको छ ।  

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

यो साताको सेयर कारोबारको विश्लेष्णलाई हामीले मे महिनाको आज अन्तिम दिन पनि भएको कारण विभिन्न समय अवधिमा हेरेका छौ । जस अन्तर्गत मासिक , सप्ताहिक र डेली बेसमा पनि के–कस्ता क्याण्डलहरु बने भनेर  विभिन्न इन्डिकेटरमार्फन लामो समय अवधिमा बजारको अवस्था नियाल्ने प्रयास गरेका छौं । साप्ताहिक र डेली बेसमा हेर्दा बजारमा केही अल्पकालिन करेक्सन चल्दै गरेको देखिन्छ ।  

यसले आगामी सातामा पनि अझै एक–दुई दिन करेक्सन चलेर बजार सम्हालिन सक्ने सम्भावना देखिन्छ । इलिअट वेभ र फिवोनासीमार्फत संयुक्त रुपमा बजारलाई नियाल्दा हालको करेक्सन ०.३८ प्रतिशत अर्थात २०७५ बाट पनि तल खसेको अवस्था रहेको छ । अबको सर्पोट ०.५ प्रतिशतको करेक्सन भएर २०५० आसपासबाट बजारले फेरी माथिको गति लिन सक्ने विगतको बजारको ट्रेन्ड बाट पनि पुष्टि हुन्छ । किनकी वेभ २ को करेक्सन ०. ९९ प्रतिशत सम्म हुन सक्छ तर  वेभ ४ को करेक्सन भनेको ०.५ भन्दा तल बजार जाँदैन भन्ने इलिअट वेभको सर्वमान्य सिद्धान्त हो । यसको अर्थ बजार यहाँबाट तल जानै पाँउदै भन्न भने खोजिएको होइन । यही बजारलाई डाउ थेउरीबाट हेर्दा पनि हायर–लो बनाउन आएको देखिन्छ ।  

मन्थ्ली बेसमा बजारको अवस्थालाई नियाल्दा ३२ सय बाट खसेको बजारले केही क्यारेक्टर चेन्ज गरेको देखिन्छ । खास गरि बजारलाइ मन्थ्ली बेसमा हेर्दा यो पटक २०२३ को डिसेम्बरबाट बजारले अप ट्रेन्ड लिएको देखिन्छ । स्मरण रहोस् अघिल्लो बुल पनि २०१९ को डिसेम्बरबाट नै सुरु भएको थियो । गत वर्षको डिसेम्बर देखि मे सम्मको अवस्था हेर्दा बजार ६ महिनामा ४ महिना बढेको र २ महिना घटेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

मे महिनामा मात्रै बजार ७० अंकले बढेको छ । यो बीचमा भोल्युम र कारोबार पनि बढेको छ । मासिक रुपमा बोलिङगर ब्याण्डमार्फत हेर्दा गत डिसेम्बरदेखि नै बजार मध्य ब्याण्ड ब्रेक गरेर माथि टिकेको छ भने म्याक्डीमा पनि बुलिस क्रसओभर बनेर हिस्टोग्राम सकारात्मक बनेको देखिन्छ । मन्थ्ली बेसमा नै आरएसआई पनि न्युट्रल जोन ५०  भन्दा माथि लागेको छ ।  

डाउ थेउरीबाट नियाल्दा पनि बजारले १९५० मा हायर लो कन्फर्मेसन गरेको छ ।  यी सबै आधारहरुलाई नियाल्दा पछिल्लोपटक लामो समय वियरिसमा गएको बजारले लगभग बुलिस यात्रा तय गरि सकेको देखिन्छ । तर यसको कन्फर्मेसनको लागि नै भने मन्थ्ली बेसमा अझै एउटा बुलिस क्याण्डल बनेर बजार २२४० भन्दा माथि टिक्नु पर्ने छ ।  

पिभट् बिश्लेषण  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२२८३

प्रतिरोध २ –२२१२

प्रतिरोध १– २१७१

पिभट प्वइन्टः २०९९

घटेमा सपोर्ट  

सपोर्ट १– २०५९

सपोर्ट २– १९८७

सपोर्ट  ३ –१९४७

निष्कर्षः साप्ताहिक रुपमा यो साता बजार करिब ६२ अंक घट्यो । अघिल्लो साता भने बजारमा ११२ अंकको सुधार आएको थियो । प्राविधिक रुपमा बजारलाई साप्ताहिक क्याण्डल स्टिकबाट नियाल्दा यो साता डार्क क्लाउड प्रकृतिको क्याण्डल स्टिक प्याट्रन बनेको छ । यसले हाल चलेको करेक्नस अझै केही दिन चल्न सक्ने देखिन्छ । अर्थात बजारमा अल्पकालिन करेक्सन देखिन्छ । यद्यपी बजारलाई लामो समय अवधिमा हेर्दा भने बजारले गत वर्षका डिसेम्बरदेखि नै विस्तारै अप ट्रेन्ड लिएको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.