बुधबार, असार १८,२०८२ 06:57:11
  • बुधबार, असार १८,२०८२ 06:57:11
Global IME Bank Limited

इचिमोकूमा यो साता पनि बजार मजबुत र बुलिस नै, कस्तो रहँला आगामी साता ?

Hyundai Nepal
इचिमोकूमा यो साता पनि बजार मजबुत र बुलिस नै, कस्तो रहँला आगामी साता ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता २०६९.५३ को विन्दुमा बन्द भएको बजार यो साता २०७७.७८ विन्दुमा बन्द भयो । यस हिसावले यो साता सेयर बजारमा ८.२५ अंकले बढोत्तरी आयो ।  

अघिल्लो साता बजार करिब ६२ अंकले घटेको थियो  । यो साता दोस्रो बजारमा २०.७८ अर्बको कारोबार भयो । अघिल्लो साता भने १७.१२ अर्बबराबरको कारोबार भएको थियो । यस हिसावले यो साता दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार दुबै बढ्यो । बजार बढ्दा यो साता बजार पूँजीकरण ३२ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो साता बजार पूँजीकरण ३२.८१ खर्ब थियो । यस हिसावले यो साता बजारमा बढोत्तरी आँउदा १३ अर्बले बजार पूँजीकरण बढेको छ ।  

प्राविधिक पक्षः  

इचिमोकू  

इचिमोकु क्लाउड इन्डिकेटर सन् १९६८ मा एक जापानिज नागरिकले प्रतिपादन गरेका थिए । प्रतिपादनसँगै यो इन्डिकेटर त्यहाँको एक अखबारमा प्रकाशित भएको थियो । यससँगै यो इन्डिकेटर संसारभर प्रयोगमा आउन पुग्यो ।  

अन्य इन्डिकेटरजस्तै यसमा पनि विभिन्न रेखाहरु र क्यान्डल स्टिकको गतिलाई चार्टमा राखेर विश्लेषण गरिन्छ । जस अन्र्तगत यो साता पनि बजार क्लाउड पोजिसन भन्दा माथि चलेको छ । बेस लाइनलाई कन्भर्जन लाइनले तल बाट काटेर बुलिस नै रहेको छ । २६ दिन पछि चल्ने ल्यागिङ स्पान पोजिसन पनि क्लाउड पोजिसन भन्दा माथि चलेको छ । ( हेर्नुहोस पार्ट वान ) ।  

त्यसैगरि, क्लाउडको पोजिसन पनि रातोबाट हरियो बनेको छ । ( हेर्नुहोस पार्ट २ )इचिमोकू क्लाउडअन्तर्गत यो साता पनि बजार मजबुत र बुलिस नै देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड म्याक्डी र आरएसआई  

डेली बेसमा बजारलाई बोलिङ्गर ब्याण्डको आधारमा हेर्दा अघिल्लो साता अपर ब्याण्डमा चलेको बजार यो साता पनि मध्य ब्याण्ड भन्दा माथि टिकेको छ । बजारलाई भोल्युममार्फत हेर्दा यो साता भोल्युम औषत भन्दा माथि दैनिक ४ अर्ब आसपास आएको छ । म्याक्डीमार्फत नियाल्दा भने यो साता डेली बेसमा वियरिस क्रसओभर देखिएको छ । आरएसआई ओभर बट जोन ७२ बाट खसेर हाल ५६ को तहमा चलेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजारमा अल्पकालिन करेक्सन चल्दै गरेको देखिन्छ ।  

पिभट् प्वइन्ट  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२३६५

प्रतिरोध २ –२२५९

प्रतिरोध १– २१६४

पिभट प्वइन्टः २०५८

घटेमा सपोर्ट  

सपोर्ट १– १९६३

सपोर्ट २– १८५७

सपोर्ट  ३ –१७६२

निष्कर्षः यो साता दोस्रो बजारमा ८.२५ अंकले बढोत्तरी आयो भने अघिल्लो साताको तुलनामा कारोबार पनि बढ्यो । दोस्रो बजारमा यो साता मात्रै नभएर यो महिना भरि नै ४ अर्ब माथि कारोबार भएको छ । यो साता उप–समूह अन्तर्गत हेर्दा माइक्रो फाइनन्स, ट्रेडिङ र म्युचुअल फण्डमा राम्रो बढोत्तरी आएको छ । लाइफ इन्स्योरेन्स , इन्भेष्टमेन्ट र फाइनान्समा सामान्य अकंको बढोत्तरी आएको छ भने बाँकी सबै क्षेत्रमा रातो पोतिएको छ ।

प्राविधिक रुपमा यो साताको बजारलाई नियाल्दा एउटा हायर–लो बनाउँदै गरेको देखिन्छ । आगामी कारोबारमा यदि बजार २०६० भन्दा माथि टिक्छ र २०९० लाई ब्रेक गरेर माथि लाग्छ भने बजारले अप ट्रेन्ड लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.