बुधबार, असार १८,२०८२ 01:18:22
  • बुधबार, असार १८,२०८२ 01:18:22
Global IME Bank Limited

सानिमा क्यापिटलका तीनवटै म्युचुअल फण्डको लगानी बढ्यो, न्याभ रु.१० माथि

Hyundai Nepal
सानिमा क्यापिटलका तीनवटै म्युचुअल फण्डको लगानी बढ्यो, न्याभ रु.१० माथि
Nabil Bank Limited

काठमाण्डौ । सानिमा क्यापिटलद्वारा सञ्चालित तीनवटै म्युचुअल फण्डहरुको पुस महिनामा खुद सम्पत्ति मूल्य (न्याभ) बढेको छ । सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको खुद नाफासहित न्याभ बढ्न पुगेको छ ।  

मंसिर महिनाको तुलनामा यी तीनवटै फण्डको न्याभ, खुद नाफा र सूचीकृत सेयरमा लगानी बृद्धि भएको छ । पुसमा सबैभन्दा बढी सानिमा इक्विटी फण्डको न्याभ ११.४३ रुपैयाँ पुगेको छ । मंसिर महिनाको तुलनामा सो फण्डको न्याभ ४१ पैसाले बृद्धि भएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

त्यस्तै, सानिमा लार्ज क्याप फण्डको न्याभ पनि ५१ पैसाले बढेर १०.०९ रुपैयाँ पुगेको छ । मंसिरमा फण्डको न्याभ ९.५८ रुपैयाँ थियो । यसका साथै सानिमा ग्रोथ फण्डको न्याभ पनि ६५ पैसाले बृद्धि भई ११.०६ रुपैयाँ पुगेको छ । मंसिरमा सो फण्डको न्याभ १०.४१ रुपैयाँ थियो ।  

केही समययता दोस्रो बजारमा एकाएक सुधार देखिएपछि फण्डहरुको नाफासहित न्याभ बढ्न पुगेको क्यापिटलका स्किम म्यानेजर पुण्य राम कासिछ्वाले बताए ।  

सो अवधिसम्म सबैभन्दा बढी सानिमा ग्रोथ फण्ड नाफामा छ । फण्डले पुष मसान्तसम्म ५ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, सानिमा लार्ज क्याप फण्डले पनि पुष मसान्तसम्म ३ करोड ७३ लाख रुपैयाँ र सानिमा इक्विटी फण्डले १ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ ।  

सूचीकृत सेयरमा लगानी कुनको कति ?  

सानिमा क्यापिटलका यी तीन म्युचुअल फण्डले पुष महिनामा सूचीकृत सेयरमा कुल २ अर्ब ३१ करोड २ लाख रुपैयाँ लगानी गरेको छ । सबैभन्दा बढी सानिमा इक्विटी फण्डले विभिन्न म्युचुअल फण्डसहित १०२ वटा कम्पनीको सेयरमा कुल १ अर्ब ८ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ ।  

त्यस्तै सानिमा लार्ज क्याप फण्डले पनि पुस महिनामा १०४ वटा कम्पनीको सेयरमा कुल ८१ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ । यता सानिमा ग्रोथ फण्डले पनि ७२ वटा कम्पनीको सेयरमा ४१ करोड ७५ लाख रुपैयाँ लगानी गरेको छ । मंसिर महिनाको तुलनामा पुसमा यी तीनवटै फण्डको लगानी बृद्धि भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.