बुधबार, असार १८,२०८२ 10:58:13
  • बुधबार, असार १८,२०८२ 10:58:13
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘बुलिस कप एण्ड ह्याण्डल’, कस्तो रहँला अबको बजार ?

Hyundai Nepal
नेप्सेको चार्टमा ‘बुलिस कप एण्ड ह्याण्डल’, कस्तो रहँला अबको बजार ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५  दिनमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २०७७.७८  को विन्दुमा बन्द भएको बजार यो साता २११२.२९ विन्दुमा बन्द भयो । यस हिसावले यो साता सेयर बजारमा ३४.५१ अंकले बढोत्तरी आयो ।

अघिल्लो साता बजार करिब ८.२५ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा २८.५७ अर्बको कारोबार भएको छ । अघिल्लो साता बजारमा २०.७८ अर्बको कारोबार भएको थियो । यस हिसाबले यो साता पनि दोस्रो बजारमा नेप्से परिसूचक र कारोबार दुबै बढेको छ । अघिल्लो साता पनि नेप्से सूचक र कारोबार दुबैमा बढो्रत्तरी आएको थियो ।  

यो साता बजार पूँजीकरण ३३ खर्ब ४९ अर्ब पुगेको छ । अघिल्लो साता भने बजार पूँजीकरण ३२ अर्ब ९४ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजारमा बढोत्तरी आँउदा बजार पूँजीकरणमा ५५ अर्बको बढोत्तरी आएको छ ।  

प्राविधिक पक्षः  

कप एण्ड ह्याण्डल प्याट्रन  

अघिल्लो साता बढेको बजारले यो साता पनि निरन्तरता पाएको छ । प्राविधिक रुपमा डेली बेसमा बजारलाई हेर्दा गएको तीन महिनामा नेप्सेमा बुलिस कप एण्ड ह्याण्डल प्रकृतिको प्याट्रन बनेको छ । यो प्याट्रन सन् १९८८ मा एक अमेरिकी प्राविधिक विश्लेषक विलिएम जे ओनेलले प्रतिपादन गरेका थिए ।  

यसमा कपले अंग्रेजी अक्षर ‘यु’  आकार जनाउँछ भने ह्याण्डलले बजार केही तल खसेको जनाउँछ । यसको मूख्य अर्थ भनेको बजारमा बुलिस यात्रा निरन्तरता रहेको छ भन्ने हो । जसलाई खरिद अवसरको रुपमा लिइन्छ । तर यसको निश्चिताको लागि भने यो साता २११२ विन्दुमा बन्द भएको बजार आगामी कारोबारमा २१३० विन्दुभन्दा माथि लाग्नु पर्ने हुन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्ड म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याण्ड भन्दा माथि चलेको बजारले यो साता अपर ब्याण्डबाटमा प्रतिरोध सामना गरेको छ । म्याक्डीबाट नियाल्दा बजारमा अघिल्लो साता बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । कारोबार तथा भोल्युम पनि क्रमशः बढ्दै गएको छ । साप्ताहिक बेसमा आरएसआई ५७ को तहमा चलेको छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा बजारमा विस्तारै अप ट्रेन्ड चलेको देखिन्छ ।  

पिभट् विश्लेषण  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२३६५

प्रतिरोध २ –२२५९

प्रतिरोध १– २१६४

पिभट प्वइन्टः २०५८

घटेमा सपोर्ट  

सपोर्ट १– १९६३

सपोर्ट २– १८५७

सपोर्ट  ३ –१७६२  

निष्कर्ष: अघिल्लो साता ८.२५ अंकले बढेको बजार यो साता ३४.५१ अंकले बढ्यो । यो साता बजार बढ्दा कारोबार र भोल्युममा पनि बढोत्तरी आयो । प्राविधिक रुपमा बजारलाई नियाल्दा साताको अन्तिम कारोबारमा केही करेक्सन आएको बजारले आगामी साता पनि अल्पकालिन करेक्सनको निरन्तरता पाउन सक्छ । त्यो भनेको २१ सयको विन्दुसम्म मात्रै पनि हुन सक्छ ।  

तर मध्य काल तथा दीर्घकालको लागि भने बजार केही करेक्सन हुँदै अप ट्रेण्डमा नै रहेको बुझ्न सकिन्छ । बजारलाई डाउ थेउरीबाट नियाल्दा हाएर हाइ र हायर–लो बनाउँदै गरेको देखिन्छ ।  

त्यसैगरि, इलिअट वेभ बाट नियाल्दा पनि बजारमा सानो डिग्रीको वेभ ५ बाँकी नै रहेको र बजार एकपटक २२ सय माथि पुगे पछि मात्रै करेक्सन हुन सक्ने देखिन्छ । समूहगत रुपमा हेर्दा यो साता विकास बैंक , फाइनान्स , वित्त समूह , जलविद्युत समूह , जीवन बीमा तथा निर्जिवन बीमा समूह र उत्पादन तथा प्रशोधन समूहमा बढोत्तरी आयो भने बाँकी समूहमा रातो पोतियो ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.