Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:07:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आइतबार अनुपस्थित भएका सेबोन अध्यक्षका ३ प्रत्यासीलाई कार्ययोजना प्रस्तुतिकरणका लागि बुधबार पुनः बोलाइयो

Laxmi Sunrise Bank Limited
आइतबार अनुपस्थित भएका सेबोन अध्यक्षका ३ प्रत्यासीलाई कार्ययोजना प्रस्तुतिकरणका लागि बुधबार पुनः बोलाइयो
Shivam Cement

काठमाण्डौ । आइतबार कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तामा उपस्थित नभएका नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्ष पदका सर्टलिस्टेड उम्मेद्वारहरुलाई अर्थमन्त्रालयले आगामी बुधबार पुनः डाकेको छ ।  

अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाले एक सूचना प्रकाशित गर्दै आइतबार उपस्थित हुन नसकेका उम्मेद्वारहरुलाई असार ५ गते बुधबार बिहान ९ बजे पुनः बोलाइएको हो । 

Bizshala
New Office
CG Motors

आइतबार सेबोन अध्यक्षमा सर्टलिस्टेड अन्तिम ५ मध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्र कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि पुगेका थिए ।  

बाँकी ३ जनाले आइतबारको अन्तर्वार्ता बहिस्कार गरेका थिए । आइतबार नआउने तीनैजना सत्ताको नेतृत्व गरिरहेको माओवादी निकट पात्र हुन् ।  

धितोपत्र बोर्डको अध्यक्ष आफूले नपाउने भएपछि र प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले पाउने लगभग सुनिश्चित भएपछि अर्थमन्त्री वर्षमान पुनकै डिजाइनमा तीनजनाले आइतबारको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता बहिस्कार गरेका हुन् ।  

२ जनाले बहिस्कार गरेसँगै अध्यक्ष छनौटमा जारी प्रक्रियामै कानूनी प्रश्न समेत उठेको छ । केही कानूनविदहरुले छनौट तथा सिफारिस समितिले कम्तीमा ३ जनाको नाम सरकारलाई दिनुपर्ने भनिएको र २ जना मात्र आई बाँकीले बहिस्कार गरेकोले जारी प्रक्रिया टुंगिएको र सेबोन अध्यक्ष नियुक्तिको नयाँ प्रक्रियाको थालनी हुनुपर्ने जिकिर गरिरहेका छन् । कानूनविदहरुको फरक फरक तर्कसँगै अर्थमन्त्रालयले भने जारी प्रक्रियालाई निरन्तरता दिंदै अनुपस्थितहरुलाई बुधबारका लागि डाकेको हो ।  

आइतबार कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागार्इं र डा. नवराज अधिकारी अनुपस्थित भएका थिए । नियोजित ढंगले प्रस्तुतीकरण र अन्तर्वार्तामा नआएका उनीहरुकै लागि बुधबारको मिति तोकिएको हो । बुधबार पनि उनीहरु नगए अध्यक्ष नियुक्तिको जारी प्रक्रिया के हुने भन्ने थप अन्यौल सिर्जना भएको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.