Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:48:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालयन रि को दैनिक सर्वाधिक कारोबार, यी २ ब्रोकरबाट उच्च बिक्री

Laxmi Sunrise Bank Limited
हिमालयन रि को दैनिक सर्वाधिक कारोबार, यी  २ ब्रोकरबाट उच्च बिक्री
Shivam Cement

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्सको  पछिल्लो समय लगातार उच्च कारोबार हुन थालेको छ । यो कम्पनीको चर्चा बजारमा निकै हुने गरेको छ । पछिल्लो समय बीमा समीतिले पुनर्बीमा कम्पनीहरुको पूँजी २० अर्ब देखि २५ अर्ब रुपैयाँसम्म बढाउने बताए पछि यो कम्पनीमा सर्वसाधरणको चासो बढेको हो । 

Bizshala
New Office
CG Motors

हाल नेपाल पुनर्बीमाको  १२ अर्ब ८१ करोड र हिमालयन रि इन्स्योरेन्सको १० अर्ब चुक्तापूँजी रहेको छ ।  

दोस्रो बजारमा हिमालयन रि इन्स्योरेन्स कम्पनीको माघ १४ गते ३३ करोड ५३ लाख रुपैयाँको कारोबार भएको थियो । माघ १५ गते ६० करोड १६ लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।  

मंगलबार यो कम्पनीको सर्वाधिक ७५ करोड २७ लाख रुपैयाँ बढीको कारोबार भएको छ । फ्लोर सिट् हेर्दा अघिल्लो साता एकै दिन १० लाख भन्दा बढी कित्ता सेयर उठाएको भृकुटी स्टक ब्रोकिङ(स्टक ब्रोकर नम्बर ५५) ले उच्च मात्रामा सेयर बिक्री गर्न थालेको छ ।  

यो ब्रोकरले सोमबार कम्पनीको ४४ हजार कित्ता बढी सेयर बिक्री गरेको थियो । मंगलबार भने यो ब्रोकरले हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर बिक्री गरेको छ । यो ब्रोकरले आज १ लाख ५७  हजार भन्दा बढी सेयर बिक्री गरेको छ । दोस्रो नम्बरमा भने नासा सेक्युरिटिज स्टक (ब्रोकर नम्बर ५८) रहेको छ । 

नासा सेक्युरिटिजले १ लाख ११ हजार भन्दा बढी कित्ता सेयर बिक्री गरेको छ । यो ब्रोकरले हिमालयन रिको सेयर केही समय देखि निरन्तर बिक्री गर्दै आएको थियो । मंगलबार कम्पनीको सेयर श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नम्बर २५) ले करिब ६५ हजार कित्ता ,दीपशिखा धितोपत्र कारोबार कम्पनी( स्टक ब्रोकर नम्बर ३८) ले ५२ हजार ५११ कित्ता , डाइनमिक मनी म्यानेजर सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ४४ ) ले ४८ हजार कित्ता खरिद गरेको  छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.