बुधबार, असार १८,२०८२ 10:25:51
  • बुधबार, असार १८,२०८२ 10:25:51
Global IME Bank Limited

आज बस्दैछ एनएमबि लघुवित्तको साधारण सभा, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?

Hyundai Nepal
आज बस्दैछ एनएमबि लघुवित्तको साधारण सभा, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
Nabil Bank Limited

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार संस्थाको ११ औं वार्षिक साधारण सभा आज आयोजना हुन लागेको हो ।  

उक्त सभा आज पोखरामा रहेको होटल बाराही पोखरामा दिनको ११.३० बजे सभा आयोजना हुनेछ । उक्त सभामा संस्थाको केन्द्रीय कार्यालय रहने ठेगाना सम्बन्धी संस्थाको प्रबन्धपत्रको नियमावली संशोधन गर्ने,संस्थापक तथा सर्वसाधारणतर्फको सेयर संरचना परिवर्तन गर्ने,संञ्चालक समिति सम्बन्धी संस्थाको प्रबन्धपत्र संशोधन गर्ने,अन्य लघुवित्तसँग गाभ्ने÷गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नियमनकारी नियकाटबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

CG Motors
Muktinath Bikas Bank Limited

यसैगरी सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

सभामा १ जना संस्थापक र २ जना सर्वसाधारणतर्फको सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक तथा एनएमबि बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत असार ७ गतेदेखि २१ गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.