Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:08:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

७७३ दिनमा नेप्सेले १४ पटक मात्र देख्न पायो २२०० को मुख, अब कता जाला ?

Laxmi Sunrise Bank Limited
७७३ दिनमा नेप्सेले १४ पटक मात्र देख्न पायो २२०० को मुख, अब कता जाला ?
Shivam Cement

काठमाण्डौ ।  बढेपछि घट्ने र घटेपछि बढ्ने सुन्दर विशेषता बोकेको सेयर बजारमा उत्साहपूर्ण यात्राको सुरुवात भएको छ । लामो समयसम्म १८१५ देखि २२०० आसपासमै अल्झिरहेको बजार उछालको गतिमा दौडिएर ७७३ दिनकै उच्च विन्दूमा पुगेको छ ।  

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकले बन्न लागेको एमाले कांग्रेस गठबन्धनको सरकारलाई हरियो कार्पेटले स्वागत गरेको छ । 

Bizshala
New Office
CG Motors

यो दिन नेप्से परिसूचकमा ५३ अंकको बढोत्तरी देखियो । २२५७.५९ को विन्दूमा पुगेको नेप्सेमा यो दिन ७ अर्ब ६२ करोड बराबरको कारोबार भएको छ ।  

सन् २०२२ मे १२ तारिखका दिन नेप्से परिसूचक २३५०.४२ को विन्दूमा थियो । त्यसपछि ओरालो लाग्न थालेको नेप्से मे १७ मा २२६५.५२ र मे १८ मा २२७४.४२ अंकमा सीमित रह्यो ।  

त्यसपछि भने नेप्से परिसूचकले आजको उचाई बराबरको यात्रा गरेको थिएन । यसरी हेर्दा ७७३ दिनपछि नेप्से परिसूचक यो अवधिकै सर्वाधिक २२५७.५९ विन्दूमा पुगेको हो ।  

यो ७७३ दिनको अवधिमध्ये कारोबार भएका दिनहरुमा नेप्से परिसूचक १८१५ को विन्दूसम्म ओर्लियो भने २०२२ कै मे १९ मा २२५०.९१ अंक कायम भएपछि उतारचढावमै अल्झिरह्यो ।  

कहिले कहिले पार भयो २२०० विन्दू ?

नेप्सेको इतिहासलाई हेर्दा यो ७७३ दिनको अवधिमा केवल १४ कारोबार दिनमा मात्र नेप्सेले २२०० को विन्दू पार गर्न सकेको देखिन्छ ।  

सन् २०२२ को मे २७ सम्म २२०० माथि नै रहेको बजार त्यसपछि भने निरन्तर घट्न थाल्यो ।  

पुनः २२०० को विन्दू पार गर्नलाई सन् २०२३ को जनवरी ९ नै पर्खिनुपर्ने अवस्था बन्यो । २०२३ को मे २७ पछि पहिलोपटक सन् २०२३ को जनवरी ९ मा नेप्से परिसूचक २२०० माथि(२२११.७६) अंकमा पुगेको थियो ।  

२२०० माथिको यात्रा एकदिन मात्र टिक्यो र बजार फेरि ओरालो लाग्यो ।  

त्यसपछि नेप्सेले सन् २०२३ को जुलाई २३ र २४ मा मात्र २२०० को विन्दू पार गर्यो । जुलाई २३ मा बजार परिसूचक बढेर २२२७.१६ र २४ मा २२००.५० अंकमा पुग्यो ।  

त्यसपछि लगानीकर्ताले २२०० को मुख देख्नलाई निकै लामो समय कुर्नपर्यो । झण्डै एकवर्षसम्म घटबढको रनभूल्लमा अल्झिएको नेप्से सन् २०२४ को जुलाई ११ मा आएर २२०४.६१ को विन्दूमा उक्लियो ।  

आज अर्थात २०२४ को जुलाई १४ का दिन नेप्से अझ माथि उठेर २२५७.५९ को विन्दूमा पुगेको हो ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.