बुधबार, असार १८,२०८२ 07:11:29
  • बुधबार, असार १८,२०८२ 07:11:29
Global IME Bank Limited

माईखोला हाईड्रोपावरको नाफामा २५.८० %को कमी, विद्युत बिक्री आम्दानी पनि घट्यो

Hyundai Nepal
माईखोला हाईड्रोपावरको नाफामा २५.८० %को कमी, विद्युत बिक्री आम्दानी पनि घट्यो
Nabil Bank Limited

काठमाण्डौ । माईखोला हाईड्रोपावर कम्पनी लिमिटेडको खुद नाफामा २५.८० प्रतिशतको कमी आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा चालु आवको समीक्षा अवधिसम्म घटेर ७६ लाख १ हजारमा सीमित बनेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा समेत ६.३१ प्रतिशतले घटेर ४ करोड ४३ लाखमा सीमित भएको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ७३ लाख रुपैयाँ आर्जन गरेको थियो ।  

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीको प्रशासनिक खर्च २१.२७ प्रतिशतले बढेको छ । यो वृद्धिसागै कम्पनीके प्रशासनिक खर्च ५४ लाख ६४ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वित्त खर्च भने घटेको छ । अघिल्लो आवमा २ करोड १ लाख रहेको वित्त खर्च पुस मसान्तसम्म १ करोड ९ठ लाखमा झरेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ४०.८९ प्रतिशतले बढेर ७६ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण) ३.८८ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०१.९६ रुपैयाँ,प्रतिसेयर कु्ल सम्पत्तिको मूल्य १९०.५० रुपैयाँ र पिई रेसियो ९९.६४ गुणा कायम भएको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.