बुधबार, असार १८,२०८२ 06:32:20
  • बुधबार, असार १८,२०८२ 06:32:20
Global IME Bank Limited

नेशनल हाईड्रोपावरको नाफा बढेपनि आम्दानीमा भने कमी,ईपीएस जम्मा १.२६ रुपैयाँ

Hyundai Nepal
नेशनल हाईड्रोपावरको नाफा बढेपनि आम्दानीमा भने कमी,ईपीएस जम्मा १.२६ रुपैयाँ
Nabil Bank Limited

काठमाण्डौ । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २०.१७ प्रतिशतले बढेको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले समीक्षा अवसिम्म ८८ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले खुद नाफाबापत ७३ लाख ६१ हजार रुपैयाँ कमाएको थियो ।  

यस्तै कम्पनीको आम्दानी २.१६ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने जम्मा ५ करोड ४६ लाख आम्दानी गरेको छ ।  

कम्पनीको प्रशासनिक खर्च भने २८.५४ प्रतिशतले घट्दै ६६ लाख ९७ हजारमा झरेको छ । अघिल्लो आवमा यस्तो खर्च ९३ लाख ७३ हजार रुपैयाँ थियो । यो अवधिसम्म कम्पनीको वित्त खर्च समेत घटेको छ । अघिल्लो आवमा ८१ लाख २३ हजार रहेको वित्त खर्च घटेर ६२ लाख  ५३ हजारमा सीमित भएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको रिर्जभ एण्ड सरप्लस १४.८४ प्रतिशतले घट्दै २ करोड ६५ लाख रुपैयाँमा खुम्चिएको छ ।  

कम्पनीको पैतिसेयर आम्दानी(वार्षिकीकरण)१.२६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२१.९५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०१.८० र मुल्य आम्दानी अनुपात १४०.३२ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.