बुधबार, असार १८,२०८२ 06:27:32
  • बुधबार, असार १८,२०८२ 06:27:32
Global IME Bank Limited

ईङ्वा हाइड्रोपावरको दुरावस्थाः घाटा १३३७.६%,आम्दानी ५० हजार,सेयरमूल्य भने प्रतिकित्ता ३२७ रुपैयाँ

Hyundai Nepal
ईङ्वा हाइड्रोपावरको दुरावस्थाः घाटा १३३७.६%,आम्दानी ५० हजार,सेयरमूल्य भने प्रतिकित्ता ३२७ रुपैयाँ
Nabil Bank Limited

काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडको घाटा १३३७.६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको घाटामा व्यापक वृद्धि भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले समीक्षा अवधिसम्म ८ लाख ३ हजार ७७६ रुपैयाँबराबरको घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीकोे घाटा जम्मा ५५ हजार ९१० रुपैयाँ थियो । कम्पनीले विद्युत बिक्रीबाट हुने आय वित्तीय विवरणमा समावेश गरेको छैन । कम्पनीको अन्य आम्दानी भने जम्मा ५० हजार रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रशासनिक खर्च ७८३९.३ प्रतिशतले बढेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म ९ हजार ८०० रहेको प्रशासनिक खर्च बढेर ७ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।  

कम्पनीको रिजर्भ १ करोड १ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  

यस्ते कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण गरिएको )०.२७ रुपैयाँले ऋणात्मक छ  । कम्पनीको मूल्य आम्दानी अनुपात १२७० गुणाले ऋणात्मक रहेको छ ।

सबै सूचकमा कमजोर देखिएको कम्पनीको सेयरमूल्य भने हिजोसम्म प्रतिकित्ता ३२७ रुपैयाँ कायम भएको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.