बिहीबार, असार १९,२०८२ 07:07:32
  • बिहीबार, असार १९,२०८२ 07:07:32
Global IME Bank Limited

करिब २७ महिनापछि नेप्से २४०० माथि, बैंक र बित्तीय संस्थामा आकर्षण

Hyundai Nepal
करिब २७ महिनापछि नेप्से २४०० माथि, बैंक र बित्तीय संस्थामा आकर्षण
Nabil Bank Limited

काठमाण्डौ । नेप्से परिसूचक २४०० विन्दू माथि पुगेको छ ।  

बुलिस ट्रेण्ड समातेको बजारमा बिहीबार कारोबार सुरु भएको २६ औ मिनेटमा २४०० को उचाई चुमेको हो ।  

अहिले बजार केही करेक्सन भई अगाडि बढेको छ । यो समाचार तयार पार्दासम्म ३५.३८ अंकले बढेर २४०० को विन्दूमा बजार घुमिरहेको छ ।  

यो बेलासम्म करिब ४ अर्ब १२ करोड बढी को सेयर कारोबार भइसकेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

आँखु खोला जलविद्युत कम्पनी, उपकार लघुवित्त र मेरो माइक्रोफाइनान्सको सेयरमूल्यमा अपर सर्किट समेत लागिसकेको छ ।  

साताको अन्तिम कारोबार दिन बजारमा उत्साहको अवस्था देखिएको छ ।  

कांग्रेस एमाले गठबन्धनमा सरकार बनेसँगै राजनीतिक स्थायीत्वको आशा, सेयर बजारमैत्री विष्णु पौडेलको अर्थमन्त्रीको रुपमा पुनरागमन, बैंकको निरन्तर घट्दो ब्याजदर र लगानी तथा बजारमैत्री मौद्रिक नीति सार्वजनिक हुनेमा ढुक्क भएका लगानीकर्ताहरुले उत्साहपूर्ण ढंगले बजारमा सहभागिता जनाइरहेका छन् ।  

नेप्से परिसूचक यसअघि २०७९ बैशाख ११ गते २४२० अंकमा रहेको थियो । त्यसपछि हालसम्म २४०० माथिको विन्दू चुम्न सकेको थिएन । 

यसरी हेर्दा नेप्से परिसूचक करिब २७ महिनापछि २४०० विन्दू माथि पुगेको हो ।  

यो दिन माइक्रोफाइनान्स, विकास बैंक र बैंकिंग समूहमा विशेष आकर्षण देखिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.