शनिबार, असार २८,२०८२ 04:33:09
  • शनिबार, असार २८,२०८२ 04:33:09
Global IME Bank Limited

ग्राउण्ड जिरोका लगानीकर्ताले कर्जा लिएरै किन्न थाले सेयर, भन्छन् ‘अब त बेच्नै भएन’

Hyundai Nepal
ग्राउण्ड जिरोका लगानीकर्ताले कर्जा लिएरै किन्न थाले सेयर, भन्छन् ‘अब त बेच्नै भएन’
Shivam Cement

काठमाण्डौ । सधैको साता जस्तै यो साता पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जिरोलाई निरन्तरता दिएका छौं । पछिल्लो समय सेयर बजारमा एकाएक रौनक छाएको छ । दैनिक सेयर बजारमा १५ अर्बमाथिको कारोबार हुन थालेको छ । ब्रोकर हाउसहरुमा पनि भिडभाड हुन थालेको छ । लगानीकर्ताहरु डिस्प्ले रुपमा नअटेर वेटिङ रुममा पनि बस्न थालेका छन् ।  

झरीकोको प्रवाह नगरी ब्रोकर हाउसहरु लगानीकर्ताले खचाखच भरिन थालेका छन् । त्यसैगरि, क्लब हाउसहरुमा पनि सेयर बजारको विषयमा छलफल गर्ने लगानीकर्ताको उपस्थिती बढ्न थालेको छ । पहिले २/४ सय लगानीकर्ता उपस्थित हुने क्लबहाउस प्लेटफर्ममा अहिले ७/८ सय लगानीकर्ता भेला हुन थालेका छन् । लगानीकर्ताहरुले फेरी शुक्रबार पनि कारोबार हुनुपर्ने माग गर्न थालेको सुनिन्छ । यति मात्रै नभएर पछिल्लो समय सेयर बजारमा चमक आउन थाले पछि सार्वजनिक यातायात, चिया पसल, चोक र सार्वजनिक भेलास्थलमा समेत सेयर गफ हुन थालेको छ । सेयर बजारका बारेमा जानकारी नभएका आम मानिसहरुमा पनि यतिबेला बजारको विषयमा उत्सुकता छाएको छ । लगानीकर्ताको मुहारमा हाँसो र चमक आउन थालेको छ । यी सबै विषय वस्तुहरुलाई नियाल्दा सेयर लगानीकर्ताहरुमाझ  अहिले साउने हिलोमा नै दशैं आएको भान हुन थालेको छ ।  

ग्राउण्ड जिरोको क्रममा आज हामी राजधानीका केही ब्रोकर हाउस पुगेको थियौं । आज हामीले यात्राको थालनी ज्ञानेश्वरस्थित सुमेरी सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९)बाट गर्ने निधो गर्यौं । बिहान ११ बजे नपुग्दै हामी यस ब्रोकरमा पुग्दा लगानीकर्ताहरुको भिड लागिसकेको थियो । लगानीकर्ताहरु ठाटिएर ब्रोकर हाउस आउन थालेका थिए ।  

CG Motors
Muktinath Bikas Bank Limited

ब्रोकरहाउसमा फोनका घण्टी निरन्तर बज्दै थिए । बजार केही अंकले तलमाथि गर्दै थियो । यत्तिकैमा एक जना कालो झोला भिरेका र कालै चस्मा र क्पापमा सजिएका लगानीकर्ताको नमस्कार गर्दै  ब्रोकर हाउसमा प्रवेश भयो । उनलाई ब्रोकर हाउसमा पहिले नै बसेका लगानीकर्ताले निकै समयपछि आउनु पछाडिको कारण सोधे । ‘धरै समयपछि आउनु भयो त ? कता हराउनु भाको थियो ?’ उनले हातका औंला देखाउँदै भने ‘लौ हेर्नुस्, ल्याप्चे लगाएर आइयो । अब बैंकको कर्जा खाने हो सेयर किन्ने हो । अहिले नकिने कहिले किन्ने ? ती लगानीकर्ताले हौसिदै भने ।  

यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले पूँजीको हिसाबले विकास बैंक , निर्जिवन बीमा र लघुवित्तको सेयरले आउने बुलमा राम्रै फड्को मार्ने आँकलन गरे ।  

केही समयको बसाईपछि हामी क्यापिटल म्याक्स सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ६२) मा पुग्यौं । यो ब्रोकरहाउस लगानीकर्ताले खचाखच भरिएको थियो । लगानीकर्ताहरु सेयर कारोबार गर्न मस्त देखिन्थे । केही लगानीकर्ता प्राविधिक चार्ट हेर्दै बजार धेरै दिन बढेको कारण सानो तिनो करेक्सन आउन सक्ने पनि अनुमान गर्दै थिए । ‘बजारमा करेक्सन आए बजार दिगो नै हुन्छ । करेक्सनले बजार मजबुत भएर माथी नै जान्छ ।’ भिडबाट एक लगानीकर्ताको आवाज सुनियो । यसै ब्रोकरमा भेटिएका अर्को एक लगानीकर्ताले बजारमा इन्ट्रा डे करेक्नस आएको कारण केही दिन अझै करेक्नस नआउने दाबी गरे ।  

केही समयपछिको बसाई पछि हामी श्री कृष्ण सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर २८) मा पुग्यौं । यहाँ पनि लगानीकर्ताहरुको भिड थामि नसक्नु थियो । बजार निरन्तर उकालो लागिरहेको थियो । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भने, ‘आफूले त सेयर बेचियो । बजार बढेको बढ्यै छ । बजार ३ हजार पनि पुग्ने सक्ने सम्भावना छ भन्छन् । हामीसँग भएको सेयर पनि बेचेरै सकिने जस्तो छ । अब त सेयर बेच्नै भएन ।’  

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X