बुधबार, असार १८,२०८२ 10:22:48
  • बुधबार, असार १८,२०८२ 10:22:48
Global IME Bank Limited

रावा इनर्जी रु.५.१७ लाख घाटामा,ईपीएस ऋणात्मक

Hyundai Nepal
रावा इनर्जी रु.५.१७ लाख घाटामा,ईपीएस ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ लाख १७ हजार ६५० रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले १४ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ६४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४०.३९ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्म बिद्युत बिक्रीबाट १ करोड ८८ लाख रुपैयाँ कमाएको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म कर्मचारीका लागि १६ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४५.७९ प्रतिशतले धेरै हो । अघिल्लो आवसम्म १३ लाख ३२ हजार रुपैयाँ रहेको कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च बढेर २६ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।  

यस्तै कम्पनीको सञ्चालन मुनाफा भने बढेको छ । कम्पनीको सञ्चालन मुनाफा ५१.५८ प्रतिशतले बढ्दै १ करोड ४४ लाख बढी पुगेको छ ।  

कम्पनीले समीक्षा अवधिसम्म ४५ करोड ४ लाख दिर्घकालिन कर्जा र २४ लाख रुपैयाँ अल्पकालिन कर्जा लिएको छ । कम्पनीको सञ्चित मुनाफा ५ करोड ८४ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.१८ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २५१.८४ रुपैयाँ कायम भएको  छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.