बुधबार, असार १८,२०८२ 08:19:19
  • बुधबार, असार १८,२०८२ 08:19:19
Global IME Bank Limited

मोदी इनर्जी १९.८६ करोड घाटामा,बिद्युत बिक्रीबाट हुने आम्दानी ५७.२५% ले घट्यो

Hyundai Nepal
मोदी इनर्जी १९.८६ करोड घाटामा,बिद्युत बिक्रीबाट हुने आम्दानी ५७.२५% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड बढी घाटा व्यहोरोको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म १९ करोड ८६ लाख ६८ हजार रुपैयाँ घाटा व्यहोरेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो आवको सोहि अवधिसम्म कम्पन्रीको घाटा ४६ करोड ६४ लाख रुपैयाँ थियो । यसरी कम्पनीले समीक्षा अवधिसम्म ५७.२५ प्रतिशतले घाटा कम गर्न सफल भएको छ ।  

कम्पनीले समीक्षा अवधिसम्म बिद्युत बिक्रीमार्फत १७ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५०.८६ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीबाट ३६ करोड १७ लाख रुपैयाँ कमाएको थियो ।  

यो अवधिसम्म कम्पनी प्रशासनिक तथा वितरण खर्च घटाउन सफल भएको छ । कम्पनीको यस्तो खर्च २१ लाख ८९ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको ६६ लाख २१ हजारको तुलनामा ६६.९३ प्रतिशतले कम हो ।  

कम्पनीको वित्त खर्च पनि ५६.९८ प्रतिशतले घट्दै २ करोड १० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको सञ्चालन मुनाफामा ४९.८६ प्रतिशतको गिरावट आएको छ । कम्पनीको सञ्चालन मुनाफा १४ करोड ४१ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिर्जभ ९१ करोड ९६ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक इपीएस)१३.७० रुपैयाँले ऋणात्मक,प्रतिसेयर बजार मूल्य २३९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १७.४४ गुणा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६८.३९ रुपैयाँ कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.