बुधबार, असार १८,२०८२ 10:46:46
  • बुधबार, असार १८,२०८२ 10:46:46
Global IME Bank Limited

बजार घट्दा वाणिज्य बैंक समूहमा बन्यो ‘शुटिङ स्टार’, प्राविधिक रुपमा कुन समूह कस्तो ?

Hyundai Nepal
बजार घट्दा वाणिज्य बैंक समूहमा बन्यो ‘शुटिङ स्टार’, प्राविधिक रुपमा कुन समूह कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय नेप्सेमा दैनिक उच्च कारोबार भईरहेको छ । विसं २०७८ साल साउन ३१ गते हालसम्मकै उच्च कारोबार भएपछि आज नेप्सेमा करिब २० अर्बको कारोबार भएको छ । २०७८ साल साउन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।  

अहिले कारोबार तथा भोल्युमको आधारमा बजार मजबुत नै देखिन्छ । तर घट्दो बजारमा कारोबार बढ्नुलाई भने राम्रो मानिदैन । बोलिङ्गर ब्याण्डमार्फत आजको बजारलाई नियाल्दा आज अपर ब्याण्डमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । तर अपर ब्याण्ड छोडिसकेको अवस्था भने होइन । म्याक्डीमा यस अघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम केही फिक्का बनेको छ । आरएसआई ९० को तहमा एम आकार बनाएर खसेको छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजारमा बिक्री दबाव परेको देखिन्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

समूहगत रुपमा आजको बजार कस्तो ?

वाणिज्य बैंकमा अघिल्लो दिनको कारोबारमा बुलिस मारुबुजु क्याण्डल बनेको थियो । तर आज भने बोलिङ्गरको अपर ब्याण्डमा शुटिङ स्टार बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । तर यो भ्यालिड नै हुन भने आगामी कारोबारमा पनि वियरिस प्रकृतिको क्याण्डल बन्नु पर्ने हुन्छ ।  

त्यसैगरि, विकास बैंक समूहमा डार्क क्लाउड प्याट्रन बनेको छ । वित्त समूह भने बुलिस नै देखिन्छ । माइक्रो फाइनान्समा भने प्रष्ट रुपमा नै वियरिस देखिन्छ । किनकी वियरिस स्पिनिङ टप क्याण्डल बने पछि वियरिस मारुबुुजु क्याण्डल बनेको छ । त्यसैगरि, लाइफ इन्स्योरेन्समा पनि डार्कक्लाउड कभर प्याट्रन बनेको छ । ननलाइफ , लगानी र अन्य क्षेत्रमा पनि वियरिस प्रकृतिको क्याण्डल बनेका छन् ।  

आरएसआई पनि ओभर बट जोनबाट केही झुकेर तल खसेको छ ।  म्युचुअल फण्ड , होटल्स , उत्पादन तथा कारोबार र हाईड्रो समूहमा समूहमा पनि आज बिक्री दबाव परेको छ । उप–समूहगत रुपमा आजको बजारलाई धेरै जस्तो क्षेत्रमा बिक्री दबाव परेको देखिन्छ । यस कारण यसअघि बनेको ग्याप अप ओपनिङ बजारले एकपटक फिल गर्न आउन पनि सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.