बुधबार, असार १८,२०८२ 08:07:33
  • बुधबार, असार १८,२०८२ 08:07:33
Global IME Bank Limited

मिथिला लघुवित्तको नाफामा ३८.७३% को संकुचन,रिजर्भको आकार पनि २७.६३% ले घट्यो

Hyundai Nepal
मिथिला लघुवित्तको नाफामा ३८.७३% को संकुचन,रिजर्भको आकार पनि २७.६३% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३८.७३ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद नाफा २ करोड १७ लाख रुपैयाँ थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

संस्थाको खराब कर्जा अनुपात ३.२९ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगको छ । जसको असर संस्थाको नाफामा पर्न गएको हो । यसका अतिरिक्त संस्थाले सम्भावित घाटाका लागि १ करोड ४४ लाख रुपैयाँ छुट्टाएको छ । जुन अघिल्लो आवको तुलनामा ६५.४६ प्रतिशतले धेरै हो ।  

संस्थाको खुद ब्याज आम्दानी ०.८६६ प्रतिशतले बढ्दै १६ करोड ५६ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्मचारी खर्च ३ करोड २५ लाख र सञ्चालन खर्च १ करोड २५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १८ करोड २० लाख रुपैयाँ रहेको संस्थाकोि रिजर्भ कोषको आकार २७.६३ प्रतिशतले घटेर १३ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(वार्षिक) १३.६० रुपैयाँ,प्रतिसेयर नेटवर्थ १६७.२२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४१३.०६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५८.७७ गुणा र तरलता अनुपात ६.११ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.