बिहीबार, असार १९,२०८२ 02:04:08
  • बिहीबार, असार १९,२०८२ 02:04:08
Global IME Bank Limited

कालिका लघुवित्तको नाफा १३४% ले वृद्धि, वितरणयोग्य मुनाफा ३.४४ करोड

Hyundai Nepal
कालिका लघुवित्तको नाफा १३४% ले वृद्धि, वितरणयोग्य मुनाफा ३.४४ करोड
Nabil Bank Limited

काठमाण्डौ । कालिका लघुवित्तले नाफामा आकर्षक वृद्धि गरेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्ममा ६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवमा संस्थाले आर्जन गरेको २ करोड ६९ लाख रुपैयाँको तुलनामा १३४.०२ प्रतिशतले बढी हो ।  

संस्थाको खुद ब्याज आम्दानी भने ०.५४ प्रतिशत मात्रै बढेर २५ करोड ५० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यो रकम २५ करोड ३६ लाख रुपैयाँ थियो । संस्थाले ४ करोड ४३ लाख रुपैयाँबराबरको अन्य सञ्चालन आम्दानी गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

संस्थाको खुद सञ्चालन आम्दानी २४.७३ प्रतिशतले वृद्धि भएर ३२ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन खर्च २.१४ प्रतिशतले बढेर २३ करोड २७ लाख रुपैयाँ पुगेको छ ।  

३७ करोड २३ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिटेन्ड अर्निङ १०१.२६ प्रतिशतले बढेर ६ करोड ६५ लाख रुपैयाँ र रिजर्भ १७.५९ प्रतिशतले बढेर २० करोड ४० लाख रुपैयाँ पुगेको छ ।  

संस्थाको निक्षेप संकलन १ अर्ब ३५ करोड र कर्जा प्रवाह ३ अर्ब ९० करोड रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्म संस्थाले खराब कर्जा अनुपात घटाएको छ । अघिल्लो आवसम्म ४.८५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.७९ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ४४ लाख र वार्षिक लाभांश क्षमता ९.२७ प्रतिशत रहेको छ ।  

प्रतिसेयर आम्दानी १६.९५ रुपैयाँ रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १७२.७० रुपैयाँ,मूल्य आम्दानी अनुपात ७५.८१ गुणा,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १३३.३७ रुपैयाँ र तरलता अनुपात ८.९८ प्रतिशत रहेको छ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.