बिहीबार, असार १९,२०८२ 02:31:57
  • बिहीबार, असार १९,२०८२ 02:31:57
Global IME Bank Limited

आम्दानी घटेसँगै शिवम् सिमेन्टको नाफामा ५७.९३% को गिरावट, ईपीएस ४.९८ रुपैयाँमा सीमित

Hyundai Nepal
आम्दानी घटेसँगै शिवम् सिमेन्टको नाफामा ५७.९३% को गिरावट, ईपीएस ४.९८ रुपैयाँमा सीमित
Nabil Bank Limited

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडको आम्दानी घटेसँगै मुनाफामा कमी आएको छ । कम्पनीले आम्दानी बढाउन नसक्दा कम्पनीको खुद नाफा ५७.९३ प्रतिशतले घटेको छ ।  

कम्पनीले गत आवको असार मसान्तसम्म २५ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । कम्पनीले सिमेन्ट बिक्रीबाट ७ अर्ब ७० करोड रुपैयाँ कमाएको छ । यो रकम अघिल्लो आवको ७ अर्ब ७५ करोड रुपैयाँको तुलनामा ०.५८ प्रतिशतले कम हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको अन्य आम्दानी पनि घटेको छ । अघिल्लो आवमा ३६ करोड ३७ लाख रुपैयाँबराबरको रहेको अन्य आम्दानी ४५.४१ प्रतिशतले घटेर १९ करोड ८५ लाख रुपैयाँमा सीमित बनेको छ ।  

कम्पनीले कुल खर्च भने घटाउन सफल भएको छ । अघिल्लो आवसम्म ९९ करोड ८१ लाख रुपैयाँबराबरको खर्च गरेको कम्पनीले गत आवसम्म ९५ करोड ६३ लाख रुपैयाँबराबरको खर्च गरेको छ ।  

५ अर्ब २ करोड ७० लाख रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले सेयर प्रिमियम रिजर्भका लागि ९५ करोड ६२ लाख रुपैयाँ छुट्टाएको छ । यस्तै अन्य रिजर्भका लागि ३ अर्ब ५१ करोड रुपैयाँको व्यवस्था गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूूल्य २३७.८९ रुपैयाँ र तरलता अनुपात १.५६ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.