बिहीबार, असार १९,२०८२ 03:00:45
  • बिहीबार, असार १९,२०८२ 03:00:45
Global IME Bank Limited

युनिलिभर नेपालले आर्जन गर्यो करिब २ अर्ब नाफा, ईपीएसमा सुधार

Hyundai Nepal
युनिलिभर नेपालले आर्जन गर्यो करिब २ अर्ब नाफा, ईपीएसमा सुधार
Nabil Bank Limited

काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा सन्तोषजनक प्रगति गरेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको  तुलनामा ७.६२ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आवको चौथो त्रैमाससम्म १ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  

यो अवधिमा कम्पनीको आम्दानी भने २.८४ प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ८ अर्ब ४८ करोड आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने ८ अर्ब २३ करोड आम्दानी गरेको छ । यस्तै कम्पनीको अन्य आम्दानी भने बढेको छ । कम्पनीले २४ करोड ७ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । अघिल्लो आवसम्ममा भने कम्पनीले १९ करोड ३६ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको कुल खर्च पनि ५.८० प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ६ अर्ब ४३ करोड रुपैयाँ रहेको कम्पनीको खर्च घटेर ६ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ ।  

कम्पनीको रिटेन्ट अर्निङ ११.८२ प्रतिशतले बढेको छ । रिटेन्ड अर्निङको आकार ४ अर्ब २६ करोड रुपैयाँ रहेको छ । १ अर्ब ३ करोड रुपैयाँबराबरको नगद मौज्दात रहेको कम्पनीले मुद्दती निक्षेपमा २ अर्ब १८ करोड लगानी गरेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब ४२ करोड रुपैयाँ र कुल चालु दायित्व २ अर्ब १९ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण गरिएको)२ हजार १४४ रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको ईपीएस १ हजार ९८८ रुपैयाँ थियो ।  

त्यस्तै कम्पनीको प्रतिसेयर  नेटवर्थ ४ हजार ७३४ रुपैयाँबाट बढेर ५ हजार २८५ रुपैयाँ पुगेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.