बुधबार, असार १८,२०८२ 04:19:53
  • बुधबार, असार १८,२०८२ 04:19:53
Global IME Bank Limited

घट्यो सर्वोत्तम सिमेन्टको नाफा, आम्दानी भने १८% ले बढ्यो

Hyundai Nepal
घट्यो सर्वोत्तम सिमेन्टको नाफा, आम्दानी भने १८% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको नाफा घटेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा १८.५१  प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले २१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद आम्दानी भने बढेको छ । कम्पनीले बिक्रीमार्फत ६ अर्ब ३७ करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १८.४६ प्रतिशतले बढी हो । कम्पनीले ४ करोड ३५ लाख रुपैयाँबराबरको अन्य अन्य आम्दानी गरेको छ । कम्पनीको कुल खर्च घटेको छ । कुल खर्च १३.९७ प्रतिशतले घटेर ६१ करोड ३७ लाख रुपैयाँमा सीमित बनेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको रिभ्यालुयसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको चुक्तापूँजी ४ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीले २ अर्ब ९२ करोड रुपैयाँ अल्पकालिन र १३ करोड ५७ लाख रुपैयाँ दीर्घकालिन कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब ९५ करोड र कुल चालु दायित्व ४ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.७५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १९८.८३ रुपैयाँ,प्रतिसेयर  कुल सम्पत्तिको मूल्य २९६.८६ रुपैयाँ र तरलता अनुपात १.२२ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.