Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:43:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेको बुलिस सेन्टिमेन्ट कायमै, साढे २ घण्टामै १८ अर्ब बढीको कारोबार

Laxmi Sunrise Bank Limited
नेप्सेको बुलिस सेन्टिमेन्ट कायमै, साढे २ घण्टामै १८ अर्ब बढीको कारोबार
Shivam Cement

काठमाण्डौ । नेप्सेले आफ्नो बुलिस सेन्टिमेन्टलाई आज पनि कायम राखेको छ । अघिल्लो दिनको वृद्धिलाई निरन्तरता दिदै आज पनि नेप्से परिसूचक उच्च अंकको वृद्धिका साथ अघि बढिरहेको छ ।  

यो समाचार तयार पार्दासम्म १.९९ प्रतिशत अर्थात ५९ अंकले बढेको छ । यससँगै नेप्से परिसूचक ३ हजार १६.८५ विन्दुमा पुगेको छ । यो बेलासम्म १३२ वटा कम्पनीको सेयरमूल्यमा हरियाली छाएको छ भने १०४ वटाको सेयरमूल्यमा रातो पातिएको छ । ७ वटा कम्पनीको सेयरमूल्यमा  भने कुनै परिवर्तन भएको छैन ।  

Bizshala
New Office
CG Motors

आज कारोबार खुलेको साढे २ घण्टामै १८ अर्ब ३५ करोड बढीको कारोबार भएको छ । कारोबारले बजारलाई केही दिनदेखि राम्रो साथ दिईरहेको छ । बजारमा नवप्रवेशी लगानीकर्ताको उत्साहजनक सहभागीता र सबै माहोल सकारात्मक रहेको अवस्थामा कारोबार रकम दैनिक वृद्धि भईरहेको छ ।  

आज हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । यो कम्पनीको अहिलेसम्म ५१ करोड ७५ लाख बढीको सेयर कारोबार भएको छ । अहिलेसम्म ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेको छ ।  

नेपाल फाइनान्स लोअर सर्किट लाग्ने एक्लो कम्पनीको रुपमा रहेको छ ।  

लगानीकर्ता यतिबेला बजारले यसअघिको अल टाइम हाई ब्रेक गर्नेमा विश्वस्त देखिएका छन् । राज्य सञ्चालनमा रहेकाहरुले समेत पूँजी बजारप्रति सकारात्मक दृष्किोण राख्न थालेपछि यो क्षेत्रप्रति आम सर्वसाधारणको विश्वास बढेर गएको छ । प्रधानमन्त्री र अर्थमन्त्रीले खुलेरै पूँजी बजारको समर्थन र विकासमा लाग्ने बताउँदै आएका छन् । यसले पनि बजारको वृद्धिलाई मलजल गरिरहेको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.