बुधबार, असार १८,२०८२ 01:13:45
  • बुधबार, असार १८,२०८२ 01:13:45
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कति–कतिमा छ बलियो सपोर्ट ?

Hyundai Nepal
बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, कति–कतिमा छ बलियो सपोर्ट ?
Nabil Bank Limited

काठमाण्डौ । आज सेयर बजार दिनभरजसो उच्च उतारचढावपूर्ण रह्यो । आज नेप्से १ सय ११ अंकले घट्दा १८ अर्ब ६५ करोडबराबरको कारोबार भयो । प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा नियाल्दा बोलिङगरको मध्य ब्याण्डबाट तल खसेको छ ।  

योसँगै आज बजारमा बियरिस मारुबुजु क्याण्डल बनेको छ । यसले आगामी दिनमा पनि थप बिक्री दवाव आउन सक्ने बुझिन्छ । म्याक्डीमार्फत बजारलाई नियाल्दा यस अघिनै वियरिस क्रसओभर बनेको छ । आरएसआई तथा मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजार ओभर बट जोनबाट तल खसेर करिब न्यूट्रल जोनमा पुगेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

समग्रमा सबै इन्डिकेटरमार्फत बजारलाई नियाल्दा तीव्र नाफा बुक रहेको देखिन्छ । साप्ताहिक रुपमा हेर्दा पनि बजारले आज इभिनिङ स्टार बनाएको छ । आज २७८२ को विन्दुमा बन्द भएको बजारले अब नजिकको सपोर्ट २७४६ विन्दु आसपास लिन सक्छ ।  

यदि बजार त्यहाँबाट पनि तल खसेको अवस्थामा २७०८ को विन्दुमा बलियो सपोर्ट लिन सक्छ । हालको करेक्सन अधिक करेक्सन आएको खण्डमा २५७५ देखि २६ सय विन्दुसम्म हुन सक्छ । तर यस बीचमा भने बजारले कुनै पनि विन्दुबाट बाउन्स लिन पनि सक्छ । जुन अल्पकालिन पनि हुन सक्छ । यदि आगामी दिनमा बजार बढेमा भने बजारले २८६० र २९५० विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.