बुधबार, असार १८,२०८२ 07:09:57
  • बुधबार, असार १८,२०८२ 07:09:57
Global IME Bank Limited

इमर्जिङ नेपालको नाफा ५५.५९% ले कम,रिजर्भको आकार पनि ३८.४१% ले घट्यो

Hyundai Nepal
इमर्जिङ नेपालको नाफा ५५.५९% ले कम,रिजर्भको आकार पनि ३८.४१% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको नाफामा ५५.५९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु वर्षको दोस्रो त्रैमाससम्म ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा १ करोड १० लाख रुपैयाँ थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको प्रशासनिक खर्च ६ लाख रुपैयाँ र कर्मचारी खर्च १० लाख ५५ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छन् ।  

कम्पनीले १ करोड ९८ लाख रुपैयाँ अल्पकालिन ऋण लिएको छ । कम्पनीको रिजर्भको आकार ३८.४१ प्रतिशतले घटेर ३ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ ।  

यस्ते कम्पनीको नगद मौज्जाद भने १ लाख ८९ हजार मात्रै रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.५३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०५.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३८.५३ गुणा कायम भएको छ ।      

कम्पनीले समीक्षा अवधिसम्म ५१ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको  तुलनामा ५८.३८ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको आम्दानी १ करोड २४ लाख रुपैयाँ थियो । कम्पनीले अन्य स्रोतबाट ३१ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.