बुधबार, असार १८,२०८२ 07:50:33
  • बुधबार, असार १८,२०८२ 07:50:33
Global IME Bank Limited

युनिलिभर नेपालको नाफा ४२.१० करोड,रिटेन्ड अर्निङको आकार १३.३१% ले बढ्यो

Hyundai Nepal
युनिलिभर नेपालको नाफा ४२.१० करोड,रिटेन्ड अर्निङको आकार १३.३१% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । बहु राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको नाफा र आम्दानी दुवै घटेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको  तुलनामा २३.८० प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

यस्तै कम्पनीको आम्दानी पनि १४.५० प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २ अर्ब २४ करोड आम्दानी गरेको कम्पनीले चालु आवको समीक्षा अवधिसम्म भने १ अर्ब ९२ करोड  मात्रै आम्दानी गरेको छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आम्दानी र नाफाका साथै कम्पनीको कुल खर्च पनि १०.६९ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ अर्ब ५४ करोड रुपैयाँ कम्पनीको खर्च घटेर १ अर्ब ४१ करोड रुपैयाँमा सीमित भएको छ ।  

कम्पनीको रिटेन्ट अर्निङ १३.३१ प्रतिशतले बढेको छ । रिटेन्ड अर्निङको आकार ३ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । नगद मौज्जाद १ अर्ब २० करोड रुपैयाँ रहेको कम्पनीले मुद्दती निक्षेपमा २ अर्ब १७ करोड लगानी गरेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिकीकरण गरिएको )२०७९ रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिमा कम्पनीको ईपीएस १ हजार ९८७ रुपैयाँ थियो ।  

त्यस्तै कम्पनीको प्रतिसेयर  नेटवर्थ ३ हजार ७२२ रुपैयाँबाट बढेर ४ हजार २१४ रुपैयाँ पुगेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.