बुधबार, असार १८,२०८२ 08:09:07
  • बुधबार, असार १८,२०८२ 08:09:07
Global IME Bank Limited

बलेफि हाईड्रोपावर १६.७२ करोड घाटामा ,विद्युत बिक्री आम्दानी,४१.४२ करोड

Hyundai Nepal
बलेफि हाईड्रोपावर १६.७२ करोड घाटामा ,विद्युत बिक्री आम्दानी,४१.४२ करोड
Nabil Bank Limited

काठमाण्डौ । बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडले १६ करोड ७२ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ६२.९५ प्रतिशतले बढी हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिललो आवको सोहि अवधिसम्म कम्पनीको घाटा १० करोड २६ लाख रुपैयाँ थियो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १५ करोड ३९ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी बढेर ४१ करोड ४२ लाख रुपैयाँ पुगेको छ । कम्पनीको  मर्मत सम्भार खर्च १ करोड ५० लाख रुपैयाँ ऋणात्मक,प्रशासनिक खर्च ४३ लाख ७३ हजार रुपैयाँ ऋणात्मक र वित्त खर्च ४० करोड ३४ लाख रुपैयाँले ऋणात्मक छन् ।  

यस्तै कम्पनीको रिजर्भको आकार ६० करोड २९ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको अल्पकालिन कर्जा २३ करोड ७ लाख र दीर्घकालिन कर्जा ६ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १८.३ रुपैयाँ ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६७.०१ रुपैयाँ कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.