Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:37:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा,२५% लाभांश पारित हुने

Laxmi Sunrise Bank Limited
सिद्धार्थ क्यापिटलले डाक्यो साधारण सभा,२५% लाभांश पारित हुने
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको १८० औं बैठकले १३ औं साधारण सभा डाकेको हो ।  

उक्त सभा असोज १८ गते काठमाण्डौको नारायणचौर नक्सालमा रहेको सिद्धार्थ क्यापिटलको कार्यालयमा दिउँसो साढे ३ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको आर्थिक वर्ष २०८०÷ ०८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको २५ प्रतिशत कर सहित नगद लाभांश प्रदान गर्न सञ्चालक समितिले गरेको प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
CG Motors

यस्तै सञ्चालक समितिको तर्फबाट प्रस्तुत आव २०८०/८१ को वार्षिक प्रतिबेदनमाथि छलफल गरी पारित गर्ने आव २०८०/८१ को लेखापरिक्षणको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि लेखापरिक्षण समितिले सिफारिश गरे बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

सभामा आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकम पारित गर्ने र सञ्चालकहरुको भत्ता वृद्धि गर्ने प्रस्ताव समेत अनुमोदन हुनेछ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.