बुधबार, असार १८,२०८२ 07:58:46
  • बुधबार, असार १८,२०८२ 07:58:46
Global IME Bank Limited

सीआईटीको नाफा ५४.६० करोड,आम्दानी बढेपनि ईपीएसमा भने गिरावट

Hyundai Nepal
सीआईटीको नाफा ५४.६० करोड,आम्दानी बढेपनि ईपीएसमा भने गिरावट
Nabil Bank Limited

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) ले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

 जस अनुसार कोषले उक्त अवधिसम्म ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ६.३८ प्रतिशतले बढी हो । अघिल्लो आवको पुस मसान्तसम्म कोषको खुद नाफा ५१ करोड ३२ लाख रुपैयाँ  थियो । 

CG Motors
Muktinath Bikas Bank Limited

कोषको कुल आम्दानी ९२ करोड ४५ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको ८३ करोड ४३ लाखभन्दा १०.८१ प्रतिशतले धेरै हो । कोषको कुल आम्दानीमा सबैभन्दा बढी हिस्सा सेवाशुल्क तथा ब्याज आम्दानीको रहेको छ ।  

कोषले सेवाशुल्क तथा कमिसन आम्दानीबाट ६८ करोड ४८ लाख ,ब्याज आम्दानीबाट २२ करोड ९५ लाख र विविध आम्दानीमार्फत १ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ ।  

कोषको कुल खर्च अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ३१ प्रतिशतले बढेको छ । कोषको कुल खर्च १९ करोड ९५ लाख रुपैयाँ रहेको छ ।  

कोषको मुद्धती निक्षेपमा १ खर्ब २४ अर्ब बढी लगानी रहेको छ । बैंक मौज्जाद २ अर्ब १ करोड रहेको कोषको समकालिन कर्जा २४ अर्ब ८९ करोड रहेको छ । कोषको जगेडा कोषको आकार २४ अर्ब ४१ करोड रुपैयाँ छ ।  

समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी २४.१५ रुपैयाँबाट घटेर २०.५५ रुपैयाँमा सीमित भएको छ । कोषको प्रतिसेयर नेटवर्थ १६५.०८ रुपैयाँ र लगानी प्रतिफल ९.१० प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.