बुधबार, असार १८,२०८२ 08:47:24
  • बुधबार, असार १८,२०८२ 08:47:24
Global IME Bank Limited

बुटवल पावरको नाफा २२.०३% ले कम,आम्दानी र रिजर्भ पनि घट्यो

Hyundai Nepal
बुटवल पावरको नाफा २२.०३% ले कम,आम्दानी र रिजर्भ पनि घट्यो
Nabil Bank Limited

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । 

जसअनुसार कम्पनीको खुद नाफा १७ करोड ८३ लाख रुपैयाँ रहेको छ । यो रकम गत आवको सोहि अवधिको  तुलनामा २२.०३ प्रतिशतले कम हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो आवको दोस्रो त्र्रमाससम्म कमपनीको खुद नाफा २२ करोड ८७ लाख रुपैयाँ थियो । कम्पनीको खुद आम्दानी पनि ५.६४ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २३ करोड २५ लाख रुपैयाँ खुद आम्दानी गरेकोले चालु आवको समीक्षा अवधिसम्म भने २१ करोड ९३ लाख मात्रै खुद आम्दानी गरेको छ ।  

कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ७ करोड ७५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको वित्त आम्दानी २ करोड ७० लाख र वित्त खर्च ५ करोड २४ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिजर्भ कोषको आकार ४.४१ प्रतिशतले घटेर १७ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ६ करोड रुपैयाँ र चालु दायित्व ३३ करोड ९४ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०६.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.२७ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.