बुधबार, असार १८,२०८२ 07:01:41
  • बुधबार, असार १८,२०८२ 07:01:41
Global IME Bank Limited

उन्नति सहकार्य लघुवित्तको खुद नाफा ४८.९९% ले घट्यो,ब्याज आम्दानीमा पनि गिरावट

Hyundai Nepal
उन्नति सहकार्य लघुवित्तको खुद नाफा ४८.९९% ले घट्यो,ब्याज आम्दानीमा पनि गिरावट
Nabil Bank Limited

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ब्याज आम्दानी र खराब कर्जा बढ्दा नाफामा गिरावट आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म २४ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ४८.९९ प्रतिशतले कम हो ।  

संस्थाले समीक्षा अवधिसम्म ८ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १५.३५ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी ९ करोड ५२ लाख रुपैयाँ  थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि ४९ लाख १५ हजार रुपैयाँ छुट्टाएको छ । संस्थाको खराब कर्जा अनुपात ४.२९ प्रतिशतबाट बढेर ५.७४ प्रतिशत पुगेको छ ।  

संस्थाको सञ्चालन खर्च भने १४.२९ प्रतिशतले घटेर ९ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ ।  

संस्थाको निक्षेप संकलन १ अर्ब ९ करोड र कर्जा प्रवाह ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ ५४ लाख ३३ हजार रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ८ करोड १९ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी २.२० रुपैयाँ,प्रतिसेयर नेटवर्थ १३०.९८ रुपैयाँ,प्रतिसेयर मुल सम्पत्तिको मूल्य १५८६.३२ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४३९ गुणा र तरलता अनुपात ८.०२ गुणा कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.