बुधबार, असार १८,२०८२ 08:02:25
  • बुधबार, असार १८,२०८२ 08:02:25
Global IME Bank Limited

भगवति हाईड्रोपावरको आम्दानी र नाफा दुवैमा वृद्धि,रिजर्भको आकार १९.९०% ले बढ्यो

Hyundai Nepal
भगवति हाईड्रोपावरको आम्दानी र नाफा दुवैमा वृद्धि,रिजर्भको आकार १९.९०% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आम्दानी बढ्दा नाफामा वृद्धि भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २३.५५ प्रतिशतले धेरै हो ।  

गत आवको पुस ममानसन्तसम्म कम्पनीले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि १३.३१ प्रतिशतले बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७ करोड २३ लाख रुपैयाँ रहेको विद्युत बिक्री आम्दानी बढेर ८ करोड २० लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल सञ्चालन खर्च भने बढेको छ । कुल सञ्चालन खर्च २५.५१ प्रतिशतले बढ्दै २ करोड ८४ लाख रुपैयाँ पुगेको छ । कम्पनीके कुल गैर सञ्चालन खर्च भने २ करोड २ लाखबाट घटेर १ करोड ६३ लाख रुपैयाँमा सीमित भएको छ ।  

कम्पनीको रिजर्भको आकार १९.९० प्रतिशतले बढेर ९ करोड १० लाख ्ररुपैयाँ पुगेको छ । कम्पनीको कु्ल चालु सम्पत्ति १५ करोड ४० लाख रुपैयाँ र कुल चालु दायित्व ९९ लाख ९० हजार रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी(ईपीएस) १६.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११९.९२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२३.५५ रुपैयाँ,मूल्य आम्दानी अनुपात ३५.५१ गुणा र तरलता अनुपात १५.४२१७ गुणा कायम भएको छ ।  .

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.