बुधबार, असार १८,२०८२ 07:47:06
  • बुधबार, असार १८,२०८२ 07:47:06
Global IME Bank Limited

माउन्टेन हाईड्रोको नाफामा ८८.९७% को पहिरो,ईपीएस १.०६ रुपैयाँ मात्रै

Hyundai Nepal
माउन्टेन हाईड्रोको नाफामा ८८.९७% को पहिरो,ईपीएस १.०६ रुपैयाँ मात्रै
Nabil Bank Limited

काठमाण्डौ । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा १ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ८८.९७ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनी खुद नाफा १२ करोड ४ लाख रुपैयाँ थियो ।  

 

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको सञ्चालनामा रहेको तल्लो हेवाखोला जलविद्युत आयोजना बाढीले क्षतिग्रस्त हुँदा कम्पनीको नाफामा पहिरो गएको हो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि २८.१२ प्रतिशतले संकुचित बनेको छ । कम्पनीले विद्युत बिक्रीमातर्फ २६ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ  । कम्पनीको कर्मचारी खर्च ८६ लाख २५ हजार र प्रशासनिक खर्च ७ करोड ४८ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको रिजर्भको आकार ४३ करोड ११ लाख रुपैयाँले ऋणात्मक छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी १।०६ रुपैयाँ ,प्रतिसेयर  नेटवर्थ ६५.५० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ०.३४ प्रतिशत, मूल्य आम्दानी अनुपात २४४.८१ गुणा र तरलता अनुपात ०.५४ गुणा कायम भएको छ ।    

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.