बुधबार, असार १८,२०८२ 07:08:31
  • बुधबार, असार १८,२०८२ 07:08:31
Global IME Bank Limited

पिपुल्स पावर कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, चार्टमा बन्यो ‘शुटिङ स्टारसँगै वियरिस डाइभर्जेन्स ’

Hyundai Nepal
पिपुल्स पावर कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, चार्टमा बन्यो  ‘शुटिङ स्टारसँगै वियरिस डाइभर्जेन्स ’
Nabil Bank Limited

काठमाण्डौ । पिपुल्स पावर  कम्पनी लिमिटेड नेप्सेमा सूचीकृत ९१ वटा जलविद्युत कम्पनीहरु मध्य एक हो । यो कम्पनीले इलाम जिल्लामा ४.९६ मेगावटको क्षमताको विद्युत आयोजना निमाण सम्पन्न गरेको छ । यो आयोजनाको कुल लागत ९५ करोड ६ लाख ६९ हजार रुपैयाँ रहेको छ । औषत लागत(प्रति मेगावाट) भने १९ करोड १६ लाख रुपैयाँबराबर रहेको छ ।  

अधारभुत पक्षः

यस आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ६३ करोड २६ रुपैयाँ मात्रै रहेको छ । कम्पनीको जगेडा कोष १ करोड ५९ लाख रुपैैयाँले ऋणत्मक अवस्थामा रहेको छ । कम्पनीको खुद मुनाफा ४२ लाख ७६ हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ४.६९ रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु ९७.४७ रुपैयाँ रहेको छ ।  

यस्तै कम्पनीको रिर्टन अन इक्विटी ६.८८ प्रतिशत रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः

फिएर एण्ड ग्रिड मिटर  

फिएर एण्ड ग्रिड मिटरमा यो कम्पनी स्ट्रङ बुलिस सेन्टिमेन्ट अर्थात ८० को  विन्दुमा चलेको देखिन्छ । यो भनेको कम्पनीको सेयरमा लगानीकर्ताको अधिक आकर्षण रहेको भन्ने हो । यदि यस्तो विन्दु २० तल भएको खण्डमा भने कम्पनीप्रति लगानीकर्ता अधिक विर्कषण रहेको भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ३९८ रुपैयाँ रहेको थियो भने न्युन मुल्य २०२ रुपैयाँ रहेको छ । हाल दोस्रो बजारमा यो कम्पनीको सेयर ३९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । करिव ६३.२६ करोड चुक्तापूँजी रहेको कम्पनीमा ५१ प्रतिशत संस्थापक समूहको र ४९ प्रतिशत सर्वसाधारण समूहको स्वामित्व रहेको छ ।  

बोलिङगर ,म्याक्डी र  आरएसआई  

बोलिङगर ब्यान्डको आधारमा यो कम्पनी हाल अपर ब्यान्डमा चलेको देखिन्छ । आइतबारको क्यान्डलमा यो कम्पनीमा शुटिङ स्टार बनेको छ । अर्थात माथि लामो धागो सहितको क्यान्डल बनेको छ । यो भनेको कम्पनीको सेयर भाउमा उच्च उतारचढाव रहेको छ भन्ने हो । तर यस क्यान्डल पछि पनि आज उच्च कारोबारसहित बुलिस प्रकृतिको क्याण्डल बनेको छ । 

तर अघिल्लो दिनको क्यान्डल भन्दा माथि बन्द हुन सकेको छैन । म्याक्डी मार्फत हेर्दा केही समय पहिले बनेको बुलिस क्रसओभर अझै भ्यालिड नै रहेको छ । आरएसआई यस अघि ८२ को तहबाट खसेर हाल ७२ को तहमा रहेको छ । अर्थात कम्पनीको सेयरमा वियरिस डाइभर्जेन्स बनेको छ । मनी फ्लो इन्डेक्सबाट हेर्दा पनि वियरिस डाइभर्जेन्स नै बनेको देखिन्छ । यो भनेको कम्पनीको सेयरको मूल्य बढ्दै गर्दा मनिफ्लो इन्डेक्सको विन्दु घट्दै जानु हो ।  

हेर्नुहोस माथि मूख्य तस्बिरमा  

पिभट् विश्लेषण  

पिभट विश्लेषणमा सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –४९७

प्रतिरोध २ –४२९

प्रतिरोध १– ३९०

पिभट प्वइन्टः ३२२

घटेमा सपोर्ट  

सपोर्ट १– २८३

सपोर्ट २– २१५

प्रतिरोध ३ –१७६

निष्कर्षः आधारभुत रुपमा  यो कम्पनीलाई नियाल्दा यो कम्पनीले पछिल्लो बर्षमा  जगेडा कोष ऋणात्मक रहेको छ  । यद्यपी कम्पनीको खुद नाफा र प्रतिसेयर आम्दानी भने सकारात्मक नै रहेको छ । कम्पनीको बुक भ्यालु १०० तल ९७ रुपैयाँ मात्रै रहेको छ । 

प्राविधिक रुपमा यो कम्पनीलाई फिएर एण्ड ग्रिडमार्फत हेर्दा स्ट्रङ बुलिस सेन्टिमेन्ट देखिन्छ । यो भनेको कम्पनीमा लगानीकर्ताको आकर्षण रहेको छ भन्ने हो । तर कम्पनीलाई अन्य इन्डिकेटर बोलिङगर ब्यान्ड , म्याक्डी तथा आरएसआई बाट हेर्दा भने कम्पनीको आरएसआई र मनीफ्लो इन्डेक्समा वियरिस डाइभर्जेन्स देखिन्छ । अर्थात सेयरको मूल्य बढ्दै जाँदा आरएसआई घट्दै गएको देखिन्छ ।  

त्यसैगरी, आइतबारको कारोबारमा बोलिङगरको अपर ब्यान्डमा शुटिङ स्टार पनि बनेको कारणले लगानीकर्ता सचेत हुनु पर्ने देखिन्छ । कम्पनीको सेयर भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबार को सिफारिसका लागि भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.