Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 08:38:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेटवर्थ र ईपीएस हेरेर लगानी गर्नु कति उचित? निर्जीवन बीमा कम्पनीको अवस्था कस्तो ?

Laxmi Sunrise Bank Limited
नेटवर्थ र ईपीएस हेरेर लगानी गर्नु कति उचित? निर्जीवन बीमा कम्पनीको अवस्था कस्तो ?
Shivam Cement

काठमाण्डौ । यदि धितोपत्र दोस्रो बजारमा लगानी गर्ने हो भने लगानीकर्ताले सम्बन्धित कम्पनीको वित्तीय अवस्थाको बारेमा अवश्य जानकारी राख्नुपर्दछ । आफुले लगानी गर्न लागेको कम्पनीको व्यवसाय, मुनाफा, आम्दानीको अवस्था, सेयरधनीलाई वितरण गर्न छुट्याइएको मुनाफा अंश, जगेडा कोष, चुक्तापुँजी, इपीएस, नेटवर्थ र पीई रेसियो जस्ता सूचकहरुको विषयमा जानकारी राख्न आवश्यक पर्छ ।

सेयर बजारमा दुईथरि लगानी हुन्छन् । सर्ट टर्म इन्भेष्टमेन्ट र लङ टर्म इन्भेष्टमेन्ट । संस्थागततर्फका लगानीकर्ताले विशेषतः दीर्घकालिन लगानी गरेका हुन्छन् भने व्यक्तिगत लगानीकर्ताले अल्पकालिन लगानीमा बढी जोड दिएका हुन्छन् । पुराना तथा बुझेका लगानीकर्ताले भने फन्डामेन्टल रुपमा राम्रा कम्पनीहरुमा लगानी गरी त्यसबाट प्राप्त लाभांशबाट पोर्टफोलियो बढाएका हुन्छन ।  

पछिल्लो समय बजारमा अल्पकालिन लगानीकर्ताको हाबी छ । वित्तीय अवस्थाबाट राम्रा कम्पनीभन्दा पनि चर्चाको आधारमा लगानीकर्ताले नबुझेरै लगानी गरेका हुन्छन् । जसबाट त्यस्ता लगानीकर्ताको लगानी डुब्न सक्ने जोखिम बढी हुन सक्छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीहरुको वित्तीय अवस्था राम्रो भएका कम्पनीमा लगानी गर्दा दीर्घकालिनका लागि उचित हुन सक्ने बजार जानकार तथा सेयर विज्ञहरु बताउँछन् । कम्पनीको नेटवर्थ (बुक भ्यालु) र प्रतिसेयर आम्दानी (इपीएस) राम्रा भएका कम्पनीमा लगानी गर्दा सेयरभाउमा ह्वात्तै उतारचढाव नआउने हुँदा जोखिम कम हुने बजार जानकारहरुको भनाई छ ।  

धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्दा कम्पनीको प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) र बजार मूल्यबीच तुलना गरेर खरिदबिक्री गर्नु राम्रो मानिन्छ । यदि कम्पनीको नेटवर्थ धनात्मक भएको अवस्थामा कम्पनीको वित्तीय स्वास्थ्यसँगै लगानी समेत सुरक्षित रहेको बुझिन्छ ।  

दोस्रो बजारमा प्रतिसेयर नेटवर्थ र सेयरभाउको सम्बन्ध सकारात्मक हुन्छ । नेटवर्थ बढ्दा सेयरभाउ बढ्ने र नेटवर्थ घट्दा सेयरभाउ समेत घट्ने हुन्छ । कुनै पनि कम्पनी लगातार घाटामा गएर संचित नोक्सानी बढ्दै गई सेयरपुँजीभन्दा संचित नोक्सानी बढी भएमा नेटवर्थ ऋणात्मक हुन जान्छ । कम्पनीको सेयर संख्या बढ्दै जाँदा यता प्रतिसेयर नेटवर्थ घट्दै जाने हुन्छ । कम्पनीले बोनस सेयर, हकप्रद सेयर वा एफपीओ जारी गर्दा सेयर संख्या बढ्न गई बुकभ्यालु घट्न जान्छ ।  

दोस्रो बजारमा धनात्मक र उच्च नेटवर्थ भएका कम्पनीको सेयर खरिद गर्नु लगानीको दृष्टिकोषणबाट सुरक्षित मानिन्छ । कम्पनीको चुक्तापुँजी र सम्पूर्ण जगेडाहरुको जोड नै कम्पनीको नेटवर्थ हो । कुल नेटवर्थ कम्पनीको कुल सेयर संख्याले भाग गरेमा कम्पनीको प्रति सेयर नेटवर्थ वा सेयरको किताबी मूल्य प्राप्त हुन्छ । नेटवर्थलाई कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाउँदा बाँकी रहने शेषका रुपमा पनि बुझ्न सकिन्छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

दोस्रो बजारमा कुनै पनि कम्पनीको लगानी गर्नुअघि प्रतिसेयर नेटवर्थलाई राम्रोसँग अध्ययन गरेर मात्रै लगानी गर्नुपर्दछ । दोस्रो बजारमा सेयरमा लगानी गर्नका लागि कम्पनी छनौट गर्दा नेटवर्थ र बजार मूल्यको फरक न्यून भएका वाबजार मूल्य र नेटवर्थको अनुपात तुलनात्मक रुपमा कम भएका र धनात्मक नेटवर्थ भएका कम्पनी छनोट गर्नु उपयुक्त हुने बजार जानकारहरु बताउँछन् ।

साथै, दोस्रो बजारको जानकारी भएका लगानीकर्ताहरुले लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) समेत हेर्ने गर्दछन् । इपीएस पनि लगानीको लागि एक महत्वपूर्ण सूचक मानिन्छ । इपीएसले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने गर्दछ ।  

इपीएसले कम्पनीले प्रत्येक सेयरबाट संकलित पुँजी परिचालन गरेर कमाएको नाफालाई वित्तीय तथ्यांकमा व्यक्त गर्दछ । सर्वसाधारण लगानीकर्तालाई दिने प्रतिफलको आधारको रुपमा इपीएसलाई लिइन्छ । बजार बुझ्ने लगानीकर्ताहरुले कम्पनीको इपीएसबाटै कम्पनीले कतिसम्म लाभांश दिन सक्ने क्षमता राख्छ, त्यसको अनुमान लगाउन सक्छन् ।  

निर्जीवन बीमा कम्पनीको इपीएस र नेटवर्थको अवस्था

जीवन बीमा कम्पनीहरुको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको प्रतिसेयर आम्दानी र नेटवर्थ धेरै हुने गर्दछ । गत आर्थिक वर्षको अन्तिमसम्ममा सबैभन्दा बढी इपीएस र नेटवर्थ राष्ट्रिय बीमा कम्पनीको छ । कम्पनीको इपीएस २३५.२७ रुपैयाँ छ भने नेटवर्थ १६३२.१० रुपैयाँ छ ।  

त्यस्तै, दोस्रोमा  नेपाल इन्स्योरेन्सको छ इपीएस ४२.६१ रुपैयाँ र नेवटर्थ २१५.८१ रुपैयाँ छ । यता नेको इन्स्योरेनसको इपीएस पनि ३४.०७ रुपैयाँ र नेटवर्थ २७२.८१ रुपैयाँ छ ।  

त्यस्तै, प्रभु इन्योरेनसको इपीएस ३४.०५ रुपैयाँ र नेटवर्थ २२२.१९ रुपैयाँ, सिद्धार्थ प्रिमियरको इपीएस २४.६७ रुपैयाँ र नेटवर्थ २७३.५० रुपैयाँ, हिमालयन एभरेष्टको इपीएस २६.७२ रुपैयाँ र नेटवर्थ १९१.८३ रुपैयाँ, सगरमाथा लुम्बिनीको इपीएस २३.२२ रुपैयाँ र नेटवर्थ २४२.०४ रुपैयाँ, शिखर इन्स्योरेन्सको इपीएस १९.३२ रुपैयाँ र नेटवर्थ २०४.५९ रुपैयाँ रहेको छ ।  

यसका साथै एनएलजी इन्स्योरेन्सको इपीएस १९.३२ रुपैयाँ र नेटवर्थ २१५.८१ रुपैयाँ, सानिमा जिआइसीको इपीएस १६.५४ रुपैयाँ र नेटवर्थ १४९.३१ रुपैयाँ, युनाइटेड अजोडको इपीएस १८.३५ रुपैयाँ र नेटवर्थ ११७.७२ रुपैयाँ र आइजीआई प्रुडेन्सियलको इपीएस २०.२१ रुपैयाँ र नेटवर्थ १८७.७० रुपैयाँ रहेको छ ।  

नोटः प्रस्तुत समाचारमा उल्लेख गरिएका बीमा कम्पनीहरु कारोबार गर्न सुझाव गरिएको होइन । लगानीकर्ताहरुले आफैंले विश्लेषण गरेर सेयर खरिदबिक्री गर्नु नै उपयुक्त मानिन्छ ।)

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.