बुधबार, असार १८,२०८२ 07:33:55
  • बुधबार, असार १८,२०८२ 07:33:55
Global IME Bank Limited

आम्दानीमा कमी आउँदा रिडी पावर ९.३२ करोड घाटामा,विद्युत बिक्री आम्दानी ४८.०९% ले घट्यो

Hyundai Nepal
आम्दानीमा कमी आउँदा रिडी पावर ९.३२ करोड घाटामा,विद्युत बिक्री आम्दानी ४८.०९% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेड चालु आवको दोस्रो त्रैमाससम्म ९ करोड ३२ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले विभिन्न जल विद्युत आयोजनाबाट उत्पादित विद्युत बिक्री गरी कुल ९ करोड ८२ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८.०९ प्रतिशतले कम हो । आम्दानीमा आएको गिरावटका कारण कम्पनी घाटामा गएको हो ।  

कम्पनीको कुल सञ्चालन खर्च २ करोड ९१ लाख रुपैयाँबाट बढेर ५ करोड ३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको क्यापिटल रिजर्भको आकार ६ करोड ६९ लाख र रिजर्भ फण्डको आकार १२ करोड ५० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ११.९६ रुपैयाँले ऋणात्मक,प्रतिसेयर नेटवर्थ ९६.२५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२२.७५ रुपैयाँ र मूल्य आम्दानी अन्ुपात २०.९८ गुणा ऋणात्मक अवस्थामा छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.