Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:23:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मोफसलका लगानीकर्ता भन्छन् ‘आज बिनाकारण बजारमा पहिरो गयो, जोगिन सके फेरि मौका आउँछ’

Laxmi Sunrise Bank Limited
मोफसलका लगानीकर्ता भन्छन् ‘आज बिनाकारण बजारमा पहिरो गयो, जोगिन सके फेरि मौका आउँछ’
Shivam Cement

काठमाण्डौ । सँधैको साता जस्तै यो साता पनि हामीले नियमित स्तम्भ ग्राउण्ड जीरोलाई निरन्तरता दिएका छौं । आजको स्तम्भमा हामीले मोफसल अर्थात पर्यटकिय नगर पोखराका लगानीकर्ताको मनोविज्ञान समेट्ने प्रयास गरेका छौं ।  

आज पोखरको माहोल अघिपछि भन्दा केही भिन्न देखिएको थियो । पूर्व गृहमन्त्री रबि लामिछानेलाई काठमाण्डौबाट गिरफ्तार गरि पोखरा ल्याए पछि पोखारको राजनीतिक मौसम एकाएक फेरिएको छ । चोक चोकमा सुरक्षाक्रमी तैनाथ गरिएको छ भने केही ठाँउहरुमा उनका समर्थकहरुले नाराबाजी समेत गरेका छन् ।  

Bizshala
New Office
CG Motors

जसको प्रभाव आज सेयर बजारमा पनि देखियो । कारोबारको सुरुवाती समायमा करिब ५० अंकभन्दा बढी अंकले घटेको बजारले मध्यकालमा केही सम्हालिने प्रयास गरेको थियो । तर बजार अन्त्यमा करिब ५० अंकले घटेर बन्द भयो ।

आज हामीले ग्राउन्ड जीरोको सुरुवात पोखराको नयाँ सडकमा रहेको नेपाल स्टक हाउस (स्टक ब्रोकर नम्बर १४) बाट गरेका छौं । यस ब्रोकरमा कारोबारको पहिलो सत्रमा लगानीकर्ताको उपस्थिति खासै थिएन । यसकारण हामीले केही समय यस ब्रोकरका सञ्चालकसँग सेयर बजारको पछिल्लो अवस्था र पोखरेली लगानीकर्ताको मनोबिज्ञानको बिषयमा जिज्ञासा राखेका थियौं । ब्रोकर सञ्चाकले केही राजनीतिक अस्थिरता र आन्दोलनको डरले लगानीकर्ता डराएको र आज केही बिक्री दबाब दिएको प्रतिक्रिया दिए ।  

यहाँबाट हामी नजिकै रहेको नासा सेक्यूरिटिजज (स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौं । यसबेलासम्म दिनको १ बजिसकेको थियो । बजार केही सम्हालिने प्रयास गर्दै थियो । यस ब्रोकरमा पनि लगानीकर्ताको उपस्थिति खासै थिएन । यसै ब्रोकरमा भेटिएका एक लगानीकर्ताले भन्दै थिए, ‘आज रबि लामिछानेको कारण र आन्दोलन चर्कदै गर्दा बजारमा पहिरो गए जस्तो देखिन्छ ।’  हेनुहोस् यो बिनाकारण गएको पहिरो हो । पहिरोमा जोगिन सके राम्रै मौका आँउछ । अहिले त सेयर किनेर राख्ने समय हो ।’

उनले थप्दै भने, ‘माहोल हेरेर कारोबार गर्यो भने नेपालमा सेयर बजार जति सजिलो पैसा कुनै क्षेत्रमा छैन । अन्य ब्यापारमा भन्दा सेयर बजारमा वर्षमा दुईचारपटक मात्रै सेयर किनेर बेच्न सक्यो भने मनग्य आम्दानी हुन्छ । ल्यापटपमा किन्यो, बेच्यो । कर्मचारी पाल्नु पर्ला भन्ने पनि छैन । यसमा मुख्यगरि माहोल हेर्नु पर्छ । माहोल हेरेर कारोबार गर्यो भने राम्रै हुन्छ ।’

Garima Development Bank
Shivam Cement
Bizshala

पोखराकै  स्थायीबासिन्दा भएको बताउने ती लगानीकर्ताले आज बजार खेलाडीले घटाएको आरोप समेत लगाउन भ्याए । ‘आज पहिरो गएको हो । पहिरोमा जोगियो भने फेरी मौका आँउछ,’ ती लगानीकर्ताले भने, ‘मैले त सन् नेपाल लाइफ इन्स्योरेन्समा राम्रै आम्दानी गरेको हो । अब पनि गर्ने आशा छ ।’ ब्रोकर हाउसमा यस्तै गल्फिति चल्दै थिए ।  

यहाँबाट हामी नजिकै रहको प्रिमियर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३२) मा पुग्यौैं । यहाँ पनि लगानीकर्ताको खासै उपस्थिति थिएन । हामीले केही समय ब्रोकर सञ्चालकसँग भलाकुसारी गर्यौं । यस ब्रोकरका सञ्चालकले पनि बजार घट्ने अन्य कुनै कारण नरहेकाले आन्दोलनकै कारण बजारमा बिक्री दबाब आएको तर्क गरे । यसबेलासम्म दिनको २ बजिसकेको थियो । बजार निरन्तर घट््दै थियो । यहाँबाट हामी न्यूरोडमा नै रहेको कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५) मा पुग्यौं । यहाँपनि फाट्ट फुट्ट मात्रै लगानीकर्ता थिए । हामीले केही समय ब्रोकर सञ्चालकसँग बजारको विषयमा जिज्ञासा राख्यौं । यस ब्रोकरका सञ्चालकले पनि पहिले कै ब्रोकरले बोलेका विषय दोहोर्याउनदै भने, ‘बजार केही समय बढेर करेक्सनको फेजमा थियो । यहि समयमा बजारमा आन्दोलनको विषय पनि आयो । जसको कारण आज बजारमा गिरावट आएको छ र एक दुईदिनमा सम्हालिन सक्छ ।’  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.