बुधबार, असार १८,२०८२ 07:34:49
  • बुधबार, असार १८,२०८२ 07:34:49
Global IME Bank Limited

त्रिशुली जलविद्युतको घाटा १.८६ करोड,रिटेन्ड अर्निङ र ईपीएस ऋणात्मक

Hyundai Nepal
त्रिशुली जलविद्युतको घाटा १.८६ करोड,रिटेन्ड अर्निङ र ईपीएस ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेड चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ८६ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म पनि कम्पनी १ करोड ६२ लाख रुपैयाँ घाटामै रहेको थियो ।  

कम्पनीले हाल ३७ मेगावाटको त्रिशुली बीथ्री हाईड्रो इलेक्ट्रिक प्रोजेक्ट आयोजना गरिरहेकाले विद्युत बिक्रीबाट कुनै पनि आम्दानी गरेको छैन । यो अवधिसम्म कम्पनीले अन्य आम्दानी भने ३ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । कर्मचारी खर्च १ करोड १९ लाख रुपैयाँ र प्रशासनिक तथा सामान्य खर्च ५८ लाख ६८ हजार रुपैयाँ रहेको कम्पनीको कुल खर्च १ करोड ९० लाख रुपैयाँ रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको नगद मौज्जाद १५ करोड ९५ लाख र कर्जा ३ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४८ करोड ७४ लाख र कुल चालु दायित्व २१ करोड २५ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ २२ करोड ५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) १.०१ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ८४.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९६.१८ गुणा ऋणात्मक अवस्थामा छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.