बुधबार, असार १८,२०८२ 07:10:45
  • बुधबार, असार १८,२०८२ 07:10:45
Global IME Bank Limited

आम्दानी घट्दा बोटलर्स नेपाल(तराई) ७.४१ करोड घाटामा,रिजर्भको आकार भने १०.०१% ले वृद्धि

Hyundai Nepal
आम्दानी घट्दा बोटलर्स नेपाल(तराई) ७.४१ करोड घाटामा,रिजर्भको आकार भने १०.०१% ले वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ४१ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १५ करोड ३२ लाख रुपैयाँ नाफामा रहेको  थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ३ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.६७ प्रतिशतले कम हो । 

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको अन्य सञ्चालन आम्दानी ९९ लाख ६१ हजार रुपैयाँ र वित्त आम्दानी ५२ हजार रुपैयाा रहेको छ । यो अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च ५९ करोड ७५ लाख रुपैयाँ ऋणात्मक र प्रशासनिक खर्च पनि १६ करोड ६३ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ ।  

कम्पनीको रिजर्भको आकार १०.०१ प्रतिशतले बढ्दै ३ अर्ब ७१ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको कुल चालु सम्पत्ति ४ अर्ब १८ करोड र कुल चालु दायित्व ५ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिक) १२३ रुपैयाँ ऋणात्मक,प्रतिसेयर नेटवर्थ ३ हजार १७३ रुपैयाँ र पीई अनुपात १०५ गुणा ऋणात्मक कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.