बिहीबार, असार १९,२०८२ 08:58:07
  • बिहीबार, असार १९,२०८२ 08:58:07
Global IME Bank Limited

आफूअनुकुल पात्रलाई सेबोन अध्यक्ष बनाउन बिचौलिया समूह सफल, आए सन्तोषनारायण

Hyundai Nepal
आफूअनुकुल पात्रलाई सेबोन अध्यक्ष बनाउन बिचौलिया समूह सफल, आए सन्तोषनारायण
Nabil Bank Limited

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा आफ्नो प्रतिनिधिलाई नियुक्त गराउन बिचौलिया समूहको लामो समयदेखिको चलखेल सार्थक बनेको छ ।  

पुष्पकमल दाहालले नेतृत्व गरेको अघिल्लो सरकारकै पालामा बिचौलियाहरुले नियुक्त गर्न ठीक्क पारेका पात्र सन्तोषनारायण श्रेष्ठलाई नै धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय सोमबार सरकारले गरेको छ ।  

केहीबेरअघि सकिएको मन्त्रिपरिषद बैठकले सिफारिस समितिबाट सिफारिस तीन नाममध्ये सन्तोषनारायण श्रेष्ठलाई सेबोन अध्यक्षमा नियुक्तिको निर्णय गरेको हो । 

सेबोन अध्यक्षमा नियुक्त सन्तोषनारायण श्रेष्ठसँग वित्तीय संस्थाहरुमा काम गरेको लामो अनुभव छ । उनी एक समय नेपाल विद्युत प्राधिकरणको सञ्चालकमा समेत नियुक्त भएका थिए । पछिल्लो उनी रुपन्देही क्षेत्रमा बसेर व्यवसाय समेत सञ्चालन गर्दै आएका छन् । अर्थमन्त्री विष्णु पौडेल पनि सोही क्षेत्रका नेता हुन् । उनले एमबीए ग्राजुएट हुन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

बैठकमा सहभागी एक मन्त्रीले बिजशालालाई दिएको जानकारीअनुसार सिफारिस भएका तीन नामहरु सन्तोषनारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ र डा. नवराज अधिकारीमध्ये सन्तोषको पक्षमा निर्णय भएको हो ।  

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायणको नियुक्तिसँगै दीपक भट्ट समूहले लामो समयदेखि चलाएको चलखेल र चालबाजीको जित भएको छ । यो समूहले केही प्रभावशाली व्यापारिक घरानाहरुको सहयोगमा आफूअनुकुलको पात्रलाई सेबोन अध्यक्ष बनाउने र लगत्तै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स हात पार्ने प्रयासलाई जारी राखेको थियो । 

यो क्रममा बोर्ड अध्यक्ष नियुक्ति गर्दा मात्रै करिब ५० करोडको चलखेल भएको चर्चा भएको छ ।  

स्वार्थ समूहले करिब ५ अर्बको निकै ठूलो प्याकेजमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति र त्यसलगत्तै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिलाउने खेललाई आफ्नो पक्षमा पार्ने सफलता पाएको हो ।  

उच्च स्रोतहरुका अनुसार धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त श्रेष्ठले अब केही दिनभित्र नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सको प्रक्रिया अगाडि बढाउनेछन् । यो पनि प्याकेजमै सहमति भएको विषय रहेको स्रोत दाबी गर्छ । अर्थमन्त्रालयले त्यसका लागि एक पत्र पठाउने र त्यसलाई नै आधार बनाई नयाँ अध्यक्षले अन्य प्रक्रियालाई अगाडि बढाउने बुझिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.