नेपाल एसबिआई बैंकका ग्राहकले न्युरो कार्डियो एण्ड मल्टिीस्पेशियालिटी हस्पिटलमा छुट पाउने
काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेड र न्युरो कार्डियो एण्ड मल्टिीस्पेशियालिटी हस्पिटल प्रालि(न्युरो अस्पताल) विराटनगर, मोरङबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी न्युरो अस्पतालमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

