आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
काठमाण्डौ । बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्ने भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिने निक्षेप सङ्कलन गर्न लागेको हो ।

