मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीहरुलाई स्टेशनरी सामान वितरण
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले धादिङस्थित बद्रीविशाल मावि र स्वर्णिम एकाडेमीमा अध्ययनरत १८२ विद्यार्थीहरुलाई स्टेशनरी सामानहरु हस्तान्तरण गरेको छ । शिक्षा तथा बालबालिकाहरुको हितसम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बैंकले उक्त विद्यालयका विद्यार्थीहरुलाई कपि, कलम, पेन्सिल, पेन, जस्ता शैक्षिक सामाग्रीहरु हस्तान्तरण गरेको हो ।