गरिमा विकास बैंकको डेपुटी सीईओ बने अनिल रेग्मी
काठमाण्डौ । गरिमा विकास बैंक लिमीटेडको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् ।
TRENDING
काठमाण्डौ । गरिमा विकास बैंक लिमीटेडको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् ।
काठमाण्डौ । वाणिज्य बैंकहरुले एक महिनामै ९ अर्ब भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २० वटा वाणिज्य बैंकले चालु आवको साउन महिनामा ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । साउनमा सर्वाधिक नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ८९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरी सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । त्यस्तै, नबिल बैंकले पनि ८० करोड...
काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ, बुढानीलकण्ठस्थित लेमन ट्रि प्रिमियर होटलको विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ । नजिकिदै गरेको दशैंं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिजा डेबिट कार्ड तथा भिजा क्रेडिट कार्ड र मास्टर कार्ड प्रयोग गरेर भुक्तानी गर्ने आफ्ना ग्राहकहरुलाई...
काठमाण्डौ । असोज महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । एनआईशी एशिया,एभरेष्ट बैंक सिटिजन बैंक,सानिमा बैंकलगायत ९ वटा बैंकले ब्याजदर घटाएका छन् । यस्तै २ वटा बैंकले ब्याजदर बढाएका छन् । असोज महिनाका लागि बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.३९ प्रतिशत कायम भएको छ । भदौ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा...
काठमाण्डौ । नेपाल बैंक लिमिटेडले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५.९५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले असोज महिनाका लागि व्यक्तिगततर्फ र संस्थागततर्फ दुवैको मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । असोज महिनाका लागि बैंकका ग्राहकहरुले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.८१ प्रतिशत ब्याजदर पाउने छन् । भदौ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.७१ प्रतिशत ब्याजदर दिएको थियो ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । भदौ महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत र संस्थागत दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । भदौ महिनाका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फको अधिकतम ब्याजदर ६.१०० प्रतिशत नै थियो ।
काठमाण्डौ । एनआईसी एशिया बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत कायम गरेको छ । जुन भदौ महिनामा ७.४१ रहेको थियो ।
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हब) स्थापना गरेको छ । आप्mनो सेवा परिस्कृत गर्ने क्रममा बैंकले भदौ २८ गते गण्डकी प्रदेश कार्यालयअन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्देश्यले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द स्थापना...
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताका हकवालालई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । भरतपुर मनपा वडा नं २, चितवन निवासी खाताधारक सुस्मा श्रेष्ठको दुर्घटनामा परि मृत्यु भएपश्चात उनका श्रीमान ईन्द्र नारायण श्रेष्ठलाई बीमावापतको १० लाख रकम हस्तान्तरण गरिएको हो ।
काठमाण्डौ । कामना सेवा विकास बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन १७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ २५ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ९६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । भदौ २४ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ७९ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो ।
काठमाण्डौ । नेपाल बैंक लिमिटेडमा नयाँ सञ्चालक नियुक्त भएका छन् । नेपाल बैंकको सञ्चालकमा थान प्रसाद पंज्ञानी नियुक्त भएका हुन् ।
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । बिहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरे ।
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक र बुद्ध एयरबीच बैंकका कर्मचारी र ग्राहकहरुलाई हवाई टिकट खरिद गर्दा विशेष छुट प्रदान गर्न व्यवसायिक सम्झौता भएको छ ।एक कार्यक्रमबीच उक्त सम्झौतामा बैंकको तर्फबाट बैंकका मार्केटिङ विभाग प्रमुख विनयरत्न शाक्य र बुद्ध एयरका तर्फबाट मार्केटिङ सेल्सका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका थिए ।
काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले काठमाण्डौ–११, मध्य बानेश्वरम्स्थित भेनस हस्पिटल प्रालिमा छुट पाउने भएका छन् । यस विषयमा प्रभु बैंक र उक्त अस्पतालबीच सम्झौता भएको छ ।एक समारोहका बिच भेनस हस्पिटलका तर्फबाट जनरल म्यानेजर मनीराम ढकाल र प्रभु बैंकका तर्फबाट बाग्मती प्रदेश क्षेत्र नं १ का प्रमुख दिपेन्द्र बाबु बिष्टले समझदारी ज्ञापनपत्रमा...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक र आध्यन्त फण्ड म्यानेजमेन्टबीच साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच तथा लगानीको आधार निर्माण गर्ने सम्बन्धमा एक रणनितिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौताअनुसार कृषि, कृषि आपुर्ती, कृषि प्रशोधन, पर्यटन, उत्पादन, डिजिटल सेवा, हस्तकला र अन्य उत्पादनशील तथा निर्यात क्षेत्रमा रहेका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँच...
काठमाण्डौ । बैंकिङ प्रणालीबाट एकैदिन ५ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार भदौ २४ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ७९ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । गत भदौ २३ गतेसम्म भने बैंकिङ प्रणालीमा ६४ खर्ब ८४ अर्ब रुपैयाँबरारबको निक्षेप संकलन रहेको थियो । यसरी एक दिनको अवधिमा बैंकिङ प्रणालीको निक्षेप एकैदिन ५ अर्ब...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र सामाजिक सञ्जाल प्लेटफर्म पोष्टमबीच साझेदारी सम्पन्न भएको छ । यस साझेदारीले पोष्टमका प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकको खातामा ल्याउन मद्दत गर्नेछ । पोष्टम एप, पोष्टम इन्फोसिस प्रालिद्वारा डिजाइन गरिएको एक सामाजिक प्लेटफर्म हो । जहाँ हरेक व्यक्तिले आफ्ना प्रस्तुतिहरुको श्रृजना गर्न सक्छन र ती श्रृजना गरिएका...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.