प्रभु बैंकको अध्यक्षमा कार्की चयन, स्वतन्त्र सञ्चालकमा अर्याल
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा किशोर जंग कार्की चयन भएका छन् । असार १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कार्कीलाई अध्यक्ष चयन गरेको हो । यस्तै बैठकले रमेश राज अर्याललाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

