लक्ष्मी सनराइज बैंकको गोंगबु शाखा कार्यालय र लकर सेवा स्थानान्तरण हुने
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको गोंगबु शाखा कार्यालय र लकर स्थानान्तरण हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै काठमाण्डौ महानगरपालिका वडा न २६ गोंगबस्थित शाखा(साविक सनराइज बैंक लिमिटेडको शाखा) तथा लकर स्थानान्तरण हुन लागेको जनाएको हो । उक्त शाखा हालको स्थानबाट करिब ४ सय मिटर पश्चिमतर्फ रहेको नयाँ बसर्पाकस्थित ल्होत्से मलमा स्थानान्तरण हुन लागेको हो ।