ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा १५% सम्म छुट
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ सेल्स तथा बिजनेश विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क होटल एण्ड रिर्सोट प्रालिका ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गरेका छन् ।

