निक्षेप एकैदिन ५ अर्ब रुपैयाँले बढेर ६४.६२ खर्ब पुग्यो, सिडी रेसियो र अन्तरबैंक ब्याजदर भने घट्यो
काठमाण्डो । बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन ५ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको ताज आँकडाअनुसार असार २७ गतेसम्म बैंकिङ प्रणालीमा ६४ खर्ब ६२ अर्ब रहेको छ । गत असार २६ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६४ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको थियो । यसरी एक दिनको अवधिमा बैंकिङ प्रणालीमा ५ अर्ब रुपैयाँ थपिएको हो । वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ३ अर्बले...

